विष्णुपुर गाउँपालिकामा पाँच बेडको पहिलो कोभिड १९ अस्थायी अस्पताल उद्घाटन

  • मंसिर २९, २०७७
  • १०४९ पटक पढिएको
  • राम पुकार यादव
alt


प्रदेश टाइम्स विष्णुपुर सिरहा २९ मंसिर,।सिरहाको बिष्ण्ुपुर गाउँपालिकामा पाँच बेडको पहिलो कोभिड १९ अस्थायी अस्पतालको उदघाटन भएको छ ।

कोभिड १९ संक्रमणका कारण स्वास्थय क्षेत्रमा पर्न गएको समस्याहरुलाई ब्यबस्थापन गर्न सिरहाको बिष्णुपुर गाउँपालिका वडा न. ५ लक्ष्मिपुरमा पाँच बेडको पहिलो कोभिड १९ अस्थायी अस्पतालको उदघाटन भएको हो । उदघाटन बिष्णुपुर गाउँपालिकाको अध्यक्ष जागेश्वर यादवले गरेको हो । उदघाटन कार्यक्रको प्रमुख अतिथि रहेको गाउँपालिका अध्यक्ष यादवले कार्यक्रम सफल पार्न वडा अध्यक्षहरुको अहम भुमिका रहेकोले सम्पुर्णमा धन्यबाद ज्ञापन गर्दै भने यहाँ लक्ष्मिपुर,गौरिपुर राजपुर बिष्णुपुर र सुन्दरपुर अर्थात पुरै पुरले भरिएको यो गाउँपालिका भगबान बिष्णुको नाम बाट जोडिएको छ। 

लक्ष्मिपुरमा हुने कुनै काममा बाधा नआउने भाबना व्यक्त गरे । उहाँले धर्म शास्त्र सगँ जोडदै भने ब्रहमा बिष्णु महेस र हाम्रो कबिरमा अवन गमन पबन बिना चल्ने निरँजन सरकार पनि रहेकोले स्वभाबिक रुपले हुने कुनै पनि कामको बारेमा स्वर स्वःस्फुर्त निस्की हाल्ने धारण व्यक्त गरे । उहाँले सिरहाको स्थानिय तहहरु मध्ये बिष्णुपुर गाउँपालिका नमुनाको रुपमा रहेको भन्दै यहाँ केन्द्रिय स्तरको कुनै नेताहरुले बिकास नगरदिने हामि स्वंमको जिम्मेबारि रहेकोले हामि रहेका स्थानिय तहका जनप्रतिनिध र कर्मचारीहरु बिच समन्वयको खाँचो नहुन दिन आग्रह गरे । उहाँले स्थानिय आन्तरिक सम्झदारिमा बिचार गर्न जोड दिदै भने बिष्णुपुर गाउँपालिकालाई थप प्रशंसनिय बनाउनमा सबैले तादरुकता देखाउनु पर्ने र यदि अबिभाक पक्ष बाट कुनै त्रुटि भए आन्तरिक समझदारि गरि अगाडि बढने धारणा व्यक्त गरे ।

अध्यक्ष यादवले हाम्रो सानै घर भएपनि यसलाई शान्दार रुपले हामि कर्मचारि र जनप्रतिनिधिले बनाउने हो ।चलाउने हो ।कुनै केन्द्रिय नेता केपि ओलि ,प्रचन्ड,देउबा उपेन्द्र यादवले चलाउने होइन ।उनिहरुले केन्द्रिय स्तर बाटै भेद गरिरहेको दावि गरे । त्यस्तै शुरुवातमा पर्याप्त रुपमा भौतिक सामग्रि र ठुलो जनशक्तिले ब्यबस्थापन नगरिएतापनि पछि बिस्तारै आवश्थकता बमोजिम सामग्रि तथा जनशक्ति साधनहरुको यस कोभिड १९ अस्थायी अस्पतालमा क्रमशःब्यबस्थापन गरिदै जाने आशा बिश्वास राख्न प्रमुख प्रशासकिय अधिकृत रबिन्द्र कुमार महतले आग्रह सहितको प्रतिबद्धता जाहेर गरेका थिए । अधिकृत महतले बिश्वब्यापी रुपमा रहेको कोरोना महामारीलाई ब्यबस्थापन तथा न्यूणिकरण गर्न हरेक स्थानिय तहमा कम्तिमा पाँच बेडको कोभिड १९ अस्थायी अस्पतालको ब्यबस्थापन नेपाल सरकारको लक्ष्य रहिरहँदा यस गाउँपालिकामा पनि एक कोभिड अस्थायी अस्पतालको उदघाटन गरेको बिचार राख्दै उहाँले यस अस्पतालमा खास गरि कोभिडकै बिरामिलाई आफुमा रहेको सम्पुर्ण चिकित्सकिय क्षमता र गुणको प्रयोग गरि जाँच गर्न चिकित्सकलाई सुझाएका थिए ।

अधिकृत महतले तत्काल अस्थायी रुपमा तिन महिनाको लागि संचालन गरिएको यो अस्पताल समयमा नियन्त्रण हुन नसकेपछि समयावधि लामो पनि हुन सक्ने बताए ।उहाँले अस्पताल संचालनका लागि आवश्यक पर्ने उपकरण तथा सामग्रिहरुको लागि मागँ फारम भरि गाउँपालिकामा बुझएपछी गाउँपालिकाले सो को ब्यबस्थापन गर्ने  बताएका थिए । यस प्रति हाम्रो चिन्तन रहने अधिकृत महतले बताए । उहाँले तत्काल ठुलो सानो संरचना हो यस सगँ मतलब नराखि गुण र दक्षताको अधारमा कार्यसम्पादन गर्न आग्रह गरेका थिए । कार्यक्रममा वडा न.१ को अध्यक्ष बाहेक सम्पुर्ण वडा अध्यक्षहरुले शुभकामना राखेका थिए । हाल सो अस्पतालमा एक मेडिकल अधिकृत डक्टर राकेश यादव सहित दुई स्टाफ नर्स र एक अस्पताल पाले रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...