७२ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस सम्पन्न

  • मंसिर २५, २०७७
  • ३८९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स  २५ मंसिर सिरहा । ७२ औं अन्तराष्ट्रिय मानव अधिकार दिवश २०२० को अवसरमा महामारी तथा विपतका वेला नागरिकको मानव अधिकारको सुनिश्चिता विषयक अन्तरक्रिया, सम्मान तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार रक्षक संजाल सिरहा, महिला अधिकार रक्षक संजाल सिरहाको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ । त्यस्तै ओरेक नेपाल सिरहा, मुक्ति नेपाल गोलवजार, समग्र जन उत्थान केन्द्र लहान, , अपाङ्ग पुर्नस्थापना केन्द्र सिरहा, इन्सेक, जिल्ला प्रहरी कार्यालय, दलित जन कल्याण लहान लगायतका मानवअधिकारका क्षेत्रमा कार्य गर्ने संस्थाहरुको संयुक्त सहकार्य रहेको थियो । “लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता ः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता” नाराका साथ २९औं अन्तराष्ट्रिय १६ दिने महिला हिंसा विरुद्धको अभियान २०२० को अवसरमा उक्त कार्यक्रम गरेको हो । मानव अधिकार संरक्षण केन्द्रको संयोजक दुर्गा परियारको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं. २ का माननिय सभासद लगनलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला प्रमुख अधिकारी, जिल्ला प्रहरी कार्यलयका एसपी, सशस्त्र प्रहरीका डिएसपी, लहान नगरपालिकाका उपप्रमुख, लगायत मानवअधिकारकर्मी, महिला अधिकारकर्मी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा मानवअधिकारको क्षेत्रमा काम गर्ने मानवअधिकारकर्मी देवकुमारी महरा, शुर्यनारायण राम, संचारकर्मी शुभनारायण कामती, कोभिडको समयमा ज्यान जोखिममा राखेर सेवा गर्ने धनगडीमाई नपा १ छपराडीको आईसोलेसन सेन्टरको मेसु डा.शुभाष मण्डल र धनगडी रेडक्रस सभापति गंगाराम यादव लगायत पाँच जनालाई सम्मान गरेको थियो । मानवअधिकार संरक्षण संजाल सिरहाका २०२० को संयोजक सहयोगी हातहरु तथा ईन्सेक प्रतिनिधि दुर्गा परियार र सचिवालय ओरेक नेपालले जिम्मेवारी पाउनु भएको छ । कार्यक्रममा ८ जनाले रक्तदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...