महिला र पुरुष सिनियर क्रिकेट खेलाडी छनौट

  • मंसिर २२, २०७७
  • १५९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स  सिरहा, मंसिर २२  । सिनियर राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता छनौटको लागि सिरहा जिल्लाबाट खेलाडी चयन गरिएको छ ।
सिरहा जिल्ला क्रिकेट संघले प्रदेश २ स्तरीय छनौटको लागि १२ जना महिला क्रिकेट खेलाडी चयन गरेको छ । कविता गौतम, सरस्वती चौधरी,सन्तोषी चौधरी, आरती चौधरी, अनुराधाचौधरी, उर्मिला चौधरी, मिना महतो, निलम महतो निका महतो, निषा साह, ललिता साह र अर्चना महतोलाई छनौट समितिले प्रदेश २ का निम्ति छनौट गर्न चयन गरिएको छ । यस्तै उक्त टोलीको टिम कोचमा अनिल शर्मा र टिम म्यानेजरमा श्यामबाबु यादव रहेको सिरहा जिल्ला क्रिकेट संघका अध्यक्ष सुनिल महासेठले जनाएको छ ।
यस्तै पुरुष खेलाडी तर्फ पनि खेलाडी चयन गरिएको छ । ओमकार यादव, प्रदिप पासमान, मो फतेह सिद्धिकी, राकेश कामैत, सुमन गहराज, रुपेश सिंह, दिलिप यादव (कप्तान), मो.अफरुद्दीन राईन, मनोज यादव, पार्थिप यादव, प्रदीप पंडित, तारकेश्वर मुखिया, अशोक यादव, अभिनव यादव रहेको अध्यक्ष महासेठले जनाएको छ । बैकल्पिक खेलाडीहरुमा कुश मण्डल, अमित मण्डल, संजय यादव, सुमित दास र देवेन्द्र साह रहेको अध्यक्ष महासेठले जनाएको छ ।
सिरहाबाट चयन भएका क्रिकेट खेलाडीहरु प्रदेश २ को छनौट खेलमा राम्रो प्रर्दशन गर्नुपर्ने हुन्छ । प्रदेश २ को छनौटमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीहरु प्रदेश २ स्तरीय टोलीमा समावेश गरिने संघले जनाएको छ ।
देशभरी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको लागि खेलाडी चयन गरिदैछ ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...