श्रीलंकन अधिकारीद्वारा चीन नियन्त्रित ग्वादारबाट २.५ बिलियन बराबरको लागुऔषध बरामद

  • मंसिर २२, २०७७
  • १७९ पटक पढिएको
  • Ram Pukar Yadav
alt

कोलम्बो : श्रीलंकाका अधिकारीहरुले आइतबार चीन नियन्त्रित ग्वादारबाट चार जनासहित २५० बिलियन रुपैयाँ बराबरको लागुऔषध तस्करी गरिरहेको अवस्थामा बरामद गरेको छ ।

उनीहरुलाई माराविला थोडुवावा क्षेत्रमा पक्राउ गरिएको श्रीलंकन अधिकारीले जनाएका छन् । उनीहरुले चीन नियन्त्रित ग्वादारबाट पाकिस्तानको धोउ हुँदै हिरोइन र मेथामफेटामाइन ल्याउँदै गरेको अवस्थामा नियन्त्रणका लिएका हुन् ।

उक्त लागुऔषध तस्करीमा आईएसआईको संलग्‍न भएको पाइएको छ । धाउ हुँदै ग्वादारसम्मको तस्करीको सञ्‍जाल स्थापना गर्नका लागि पाकिस्तानी आईएसआई र चिनियाँ गुप्तचर अधिकारीहरु संलग्‍नता रहेको पाइएको हो ।

माल्दिभ्स र श्रीलंकाको बीचको समुद्री क्षेत्रबाट लागुऔषध तस्करी हुने गरेको छ । अन्तःशुल्क विभागले छापा हान्दा एक सय किलोग्राम हिरोइन र एक सय किलोग्राम बरफमा राखिएको मेथामफेटामाइन बरामद गरिएको हो ।

दुबईमा लुकिरहेको ‘जुड’ नाम गरेको एक ड्रग्स तस्करले डुंगाको माध्यमबाट लागुऔषध विभिन्‍न मुलुक पठाउने गरेका छन् । प्रहरीले लागुऔषध, दुई कार र एक ट्रकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...