श्रीलंकन अधिकारीद्वारा चीन नियन्त्रित ग्वादारबाट २.५ बिलियन बराबरको लागुऔषध बरामद

  • मंसिर २२, २०७७
  • ५३ पटक पढिएको
  • Ram Pukar Yadav
alt

कोलम्बो : श्रीलंकाका अधिकारीहरुले आइतबार चीन नियन्त्रित ग्वादारबाट चार जनासहित २५० बिलियन रुपैयाँ बराबरको लागुऔषध तस्करी गरिरहेको अवस्थामा बरामद गरेको छ ।

उनीहरुलाई माराविला थोडुवावा क्षेत्रमा पक्राउ गरिएको श्रीलंकन अधिकारीले जनाएका छन् । उनीहरुले चीन नियन्त्रित ग्वादारबाट पाकिस्तानको धोउ हुँदै हिरोइन र मेथामफेटामाइन ल्याउँदै गरेको अवस्थामा नियन्त्रणका लिएका हुन् ।

उक्त लागुऔषध तस्करीमा आईएसआईको संलग्‍न भएको पाइएको छ । धाउ हुँदै ग्वादारसम्मको तस्करीको सञ्‍जाल स्थापना गर्नका लागि पाकिस्तानी आईएसआई र चिनियाँ गुप्तचर अधिकारीहरु संलग्‍नता रहेको पाइएको हो ।

माल्दिभ्स र श्रीलंकाको बीचको समुद्री क्षेत्रबाट लागुऔषध तस्करी हुने गरेको छ । अन्तःशुल्क विभागले छापा हान्दा एक सय किलोग्राम हिरोइन र एक सय किलोग्राम बरफमा राखिएको मेथामफेटामाइन बरामद गरिएको हो ।

दुबईमा लुकिरहेको ‘जुड’ नाम गरेको एक ड्रग्स तस्करले डुंगाको माध्यमबाट लागुऔषध विभिन्‍न मुलुक पठाउने गरेका छन् । प्रहरीले लागुऔषध, दुई कार र एक ट्रकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...