कृष्णनगरमा भन्सार छलि गर्दै ल्याइएको समान बरामद

  • मंसिर २२, २०७७
  • २२४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स समाचारदाता कृष्णनगर, कपिलवस्तु, मंसिर २२ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ महेन्द्र पार्क नजिक बाट भन्सार छलि गरि ल्याउदै गरेको समान बरामद गरिएको छ । इलाका प्रहरी कृष्णनगर मताहतमा रहेको अस्थायी प्रहरी पोष्ट शुरक्षा जांच चौकी (लिंक गेट) इन्चार्ज प्रहरी नायब निरिक्षक रेशम बहादुर जि. सी. को कमाण्डमा खटिएको डिउटी टोलीले उक्त अबैध समान बरामद गरेको छ । महेंद्र पार्क नजिक भारत बाट नेपाल तर्फ अबैध रूपमा ल्याउदै गरेको अवस्थामा प्रहरी लाई देख्नसाथ मानिस समान छोडी भारत तर्फ भागेको थियो । बरामद गरिएको रिमोट द्वारा चल्ने खेलौना र अन्य समानहरुरहेको छ । आवस्यक कार्यवाहीका लागी उक्त समान भन्सार कार्यालय कृष्णनगर पठाइने साथै उक्त समानको अनुमानित मुल्य रु ५९,१५०-/(उन्साठी हजार एक सय पचास) पर्ने कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर ले जनाएको छ । आफूहरु अवैध कृयाकलाप रोक्न सधै तत्पर रहेको र आम जनता लगाएत सरोकारवाला संग निरन्तर छलफल गरीरहेको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर इन्चार्ज प्रहरी निरिक्षक सुकदेव पौडेलले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...