नेपाल पिछडा वर्ग पत्रकार संघको केन्द्रीय तदर्थ समिती गठन

  • मंसिर २१, २०७७
  • २६३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

धर्मेन्द्र कुमार यादव- महोत्तरी, नेपाल पिछडा वर्ग(OBC) को भातृसंगठन पिछडा वर्ग पत्रकार संघको केन्द्रीय तदर्थ समिती गठन गरिएको छ। महोत्तरी जिल्लाको गौशाला बजार स्थित पुरानो नगरपालिकाको सभा हलमा आयोजित एक भेला बाट बिजय कुमार साहको नेतृत्वमा आइतबार १३ सदस्यीय केन्द्रीय तदर्थ समिती गठन गरिएको छ। नेपाल पिछडा वर्गको राष्ट्रीय अध्यक्ष राम कुमार महतो को विशेष उपस्थितीमा तथा दिपलाल महतोको अध्यक्ष्तामा समिती गठन गरिएको छ। नव गठित केन्द्रीय तदर्थ समितीमा संयोजक बिजय कुमार साह धनुषा, सह संयोजक धर्मेन्द्र कुमार यादव महोत्तरी, महिला सह संयोजक कबिता सिह महोत्तरी, सदस्यहरुमा धर्बेन्द्र कुमार यादव महोत्तरी, बिजय कुमार सिह धनुषा, नरेन्द्र महतो महोत्तरी, राजेश सिह महोत्तरी, अकुल प्रसाद साह धनुषा, फुल्गेन महतो धनुषा, रबिन्द्र यादव महोत्तरी, बिवेक महतो महोत्तरी, सतेन्द्र यादव सिरहा, अनिल कुशवाहा धनुषा रहेको छ। देश भरी रहेका पिछडा वर्गहरु उत्थानको लागि गठन भएको यस संस्था भित्र पर्ने विभिन्न समुहलाइ भातृ संगठनको रुपमा गठन गर्ने उदेश्यले नेपाल पिछडा वर्ग पत्राकार संघको गठन गरिएको छ। यस वर्गमा पर्ने २४ जातीलाइ लक्षित गरी समिती गठन गरिएको छ, अगामी दिनमा नव गठित समितीले २२ जिल्लामा जिल्ला स्तरिय समिती गठन गरिने कुरा राष्ट्रीय अध्यक्ष रामकुमार महतोले बताएको छ। नव गठित केन्द्रीय तदर्थ समितीका पदाधिकारी हरुलाइ राष्ट्रीय अध्यक्षले अबिर लगाइ स्वागत गरेका थिए। कार्यक्रमा नेपाल पिछडा वर्गका सचिव नागेन्द्र सिह र केन्द्रीय सद्स्य दिपलाल महतो लगायत विभिन्न जिल्लाका पत्रकारहरुको उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...