३० कृषकहरुलाई निशुल्कमा ७ किसिमका तरकारीको बीउ वितरण

  • मंसिर २०, २०७७
  • २२५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सुरेश कुमार पांण्डेय मंसीर २० कपिलबस्तुको शुद्धोधन गाउँपालिका वडा नं. ६ ले वडा भित्रका ३० कृषकहरुलाई निशुल्क ७ किसिमका तरकारीको बीउ वितरण गरेको छ । वडा क्षेत्रका कृषकहरुलाई स्वरोजगार बनाउन शुद्धोधन गाउँपालिका वडा नं. ६ ले सक्रियता लिएको हो । शुद्धोधन गाउँपालिका वडा नं. ६ ले ३ दिने कृषि सम्बन्धी तालिम कार्यक्रममा कृषकहरुलाई स्वरोजगार बनाउन प्रेरित गर्दै बिभिन्न बिउ बिजन बितरण गरेको हो । बिभिन्न मौसमि तथा व्यमौसमी तरकारी बालीका बिउ तथा यो सिजनमा हुने तरकारी का बिउ बितरण गरि रहेको छ । वडा नं. ६ भित्र रहेका १५ गाउका ३० स्थानिय कृषकलाई कृषि सम्बन्धी तालिम दिई बीउ वितरण गरिएको शुद्धोधन गाउँपालिकाका कृषिशाखा प्रमुख राजेश चौधरीले जानकारी गराउनु भएको छ । निर्वाहमुखी कृषि खेति गर्दै आइरहेका कृषकहरुलाई व्यवसायिक कृषक बनाउनको लागि ३ दिने कृषि सम्बन्धी तालिम कार्यक्रम गरी बीउ वितरण गरिएको वडाध्यक्ष बिजय बहादुर यादव बताउनु भएको छ । शुद्धोधन गाउँपालिकाका किसानले वडामै कृषि उत्पादनका लागि विउ विजन पाउन थालेपछि लाभान्विन भएका छन् । किसानलाई आवश्यक पर्ने विउ उत्पादन, प्रसोधन र वितरण भएपछि किसानले लाभ लिएका हुन ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...