सिरहामा कोरोना संक्रमणबाट थप एकजना पुरुषको मृत्यु

  • मंसिर २०, २०७७
  • ३१४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स समाचारदाता सिरहा, मंसिर २० गते ।सिरहामा कोरोना भाइरसको संक्रमणबाट थप एकजना पुरुषको मृत्यु भएको छ । योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । शुक्रबार राति मिर्चैया नगरपालिका–१ बस्ने ७५ वर्षीय पुरुषको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ज्वरो र श्वास फेर्न समस्या भएपछि उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएकामा उनीको सोही अस्पतालमा पीसीआर परीक्षण गर्दा गत बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण भएपछि उपचार हुँदाहुँदै गएराति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...