ओरेक सिरहाद्धारा सुत्केरी र गर्भवतीलाई राहत वितरण

  • मंसिर १७, २०७७
  • २२७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

शम्भु चौधरी लहान १७ मंसिर । ओरेक परियोजना कार्यालय सिरहाले सिरहा नगरपालिकाको १४, १५ र १६ वडाका सय जना गर्भवती, सुत्केरी र अतिविपन्न परिवारलाई मंगलबारका दिन राहत बितरण गरेको छ । तीन वटै वडा कार्यलयको सहकार्यमा सय जना गर्भवती, सुत्केरी र अतिविपन्न परिवारका महिलालाई वडा नं. १६ र १४ का वडा अध्यक्षको उपस्थितिमा राहत बितरण गरेको थियो । राहतमा २५ किलो चामल, १ किलो चना, २ किलो दाल, १ किलो नुन, १ लिटर तेल, १ किलो सर्फ, नुहाउने साबुन र प्याडको लागि प्रयोग गर्न २ मिटर सुतीको कपडा रहेको ओरेककी कार्यक्रम तथा संचार अधिकृत अनिता चौधरीले बताउनु भयो । कोरोना महामारीका कारण अहिले पनि अवस्था समान्य नभएको हुँदा ओरेकले दिएको राहतले एउटा गर्भवती तथा सुत्केरी महिलालाई एक महिनाको लागि पुग्ने खाना र सरसफाईका सामाग्री दिएको ओरेक परियोजना कार्यालय सिरहाकी संयोजक सर्मिला निरौलाले जानकारी दिनु भयो । कार्यक्रममा सिरहा नगरपालिका १४ का वडा अध्यक्ष देवरंजन गोईत र १६ का वडा अध्यक्ष धनिकलाल यादवको समेत उपस्तिथ रहेको अधिकृत चौधरीले बताएकी छिन ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...