ओरेक सिरहाद्धारा सुत्केरी र गर्भवतीलाई राहत वितरण

  • मंसिर १७, २०७७
  • ९३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

शम्भु चौधरी लहान १७ मंसिर । ओरेक परियोजना कार्यालय सिरहाले सिरहा नगरपालिकाको १४, १५ र १६ वडाका सय जना गर्भवती, सुत्केरी र अतिविपन्न परिवारलाई मंगलबारका दिन राहत बितरण गरेको छ । तीन वटै वडा कार्यलयको सहकार्यमा सय जना गर्भवती, सुत्केरी र अतिविपन्न परिवारका महिलालाई वडा नं. १६ र १४ का वडा अध्यक्षको उपस्थितिमा राहत बितरण गरेको थियो । राहतमा २५ किलो चामल, १ किलो चना, २ किलो दाल, १ किलो नुन, १ लिटर तेल, १ किलो सर्फ, नुहाउने साबुन र प्याडको लागि प्रयोग गर्न २ मिटर सुतीको कपडा रहेको ओरेककी कार्यक्रम तथा संचार अधिकृत अनिता चौधरीले बताउनु भयो । कोरोना महामारीका कारण अहिले पनि अवस्था समान्य नभएको हुँदा ओरेकले दिएको राहतले एउटा गर्भवती तथा सुत्केरी महिलालाई एक महिनाको लागि पुग्ने खाना र सरसफाईका सामाग्री दिएको ओरेक परियोजना कार्यालय सिरहाकी संयोजक सर्मिला निरौलाले जानकारी दिनु भयो । कार्यक्रममा सिरहा नगरपालिका १४ का वडा अध्यक्ष देवरंजन गोईत र १६ का वडा अध्यक्ष धनिकलाल यादवको समेत उपस्तिथ रहेको अधिकृत चौधरीले बताएकी छिन ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...