देशभरका ३९६ स्थानीय मध्ये कपिलबस्तुको ३ पलिकामा पनि अस्पताल शिलान्यास

  • मंसिर १५, २०७७
  • १०८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सुरेश कुमार पांण्डेय ,कपिलबस्तु मंसीर १५ देशभरका ३९६ स्थानीय तहहरुमा सरकारले आज एकसाथ अस्पताल शिलान्यास गरेको छ । आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँचका लागि ती स्थानीय तहमा १५ शैया सम्मका अस्पताल शिलान्यास हुने क्रममा कपिलबस्तुको ३ स्थानीय तहमा पनि अस्पतालको शिलान्यास गरिएको हो । ४४ हजार जनसंख्या रहेको कपिलबस्तुको यशोद्धरा गाउपालिकामा ५ शैया अस्पताल, ५८ हजार जनसंख्या रहेको शुद्धोधन गाउपालिकामा १० शैया र ४८ हजार जनसंख्या रहेको मायादेवी गाउपालिकामा १५ शैयाको अस्पतालको शिलान्यास गरिएको छ । शिलान्यास भएका ती अस्पताल दुई वर्ष भित्रै सञ्चालनमा ल्याइने सरकारको तयारी छ । ती अस्पताल बनाउन र उपकरण जोड्न रु.५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ खर्च हुनेछ । पाँच शैय्याको अस्पतालमा एक मेडिकल अफिसरसहित १२ स्वास्थ्यकर्मी हुनेछन् । त्यस्तै १० शय्याको अस्पतालमा दुई मेडिकल अफिसरसहित १७ स्वास्थ्यकर्मी हुनेछन् । १५ शैयाको अस्पतालमा तीन मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मीको व्यवस्था गर्ने सरकारको योजना छ ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...