सिमामा प्रहरी माथी हातपात गर्ने महिला र पुरुष प्रहरी नियन्त्रणमा

  • मंसिर १२, २०७७
  • १७९ पटक पढिएको
  • Pradesh Times
alt

राजेश शर्मा बिराटनगर / सिमा खटेको सुरक्षाकर्मिलाई ड्युटिको क्रममा तस्करले सामान कटाउन नपाएपछि हातपात गर्ने दुई जनालाई प्रहरीले नियंत्रणमा लिएको छ । नेपाल भारत दुई देश बिचको सिमा नेपाल सरकारले कोरोना संक्रमण नफ़ैलियोस भनि खुला नगरेको कारण्ले सिल रहदाको अवस्थामा पनि अवैध तरिकाले नेपाल भारत आवत जावत तथा तस्करि जन्य कार्य गर्नेहरुलाई रोक्न खोज्दा प्रहरी माथी हातपात गरेका हुन । यसरि चौकि मटियरुवा बाट सिमामा खटेको प्रहरी माथी हातपात जोर जबरदस्ती गर्ने क्रम्मा एक जना प्रहरी जवानको युनिफर्म समेत च्यातिएको छ । घटनामा संलग्न रहेका भारत जिल्ला अररिया जोगबनि छोटि मस्जिद बस्ने वर्ष २७ को जुबेर मन्सुरी र सोहि ठाउ बस्ने वर्ष ३० कि अपसाना खातुन गरि दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर कार्वाही थालेको हो । नेपाल भारत खुला सिमा रहेको कारणले गर्दा प्रतेक ५० मिटर को दुरिमा एकजाना प्रहरी र सशस्त्र प्रहरी खटिएपनि लामो समय सम्म सिमा सिल रहेको हुदा धेरै नेपालीहरु केहि सस्तोको लोभमा किनमेल गर्न जानेको संख्या हजारौमा रहेको छ । सिमित सुरक्षाकर्मिहरुको भरमा हजारौ मान्छेहरुलाई रोक्न सम्भव नरहेको हुनाले बाहिरि मान्छे र तसकर हरुको पहिचान गरि त्यास्तालाई रोक्न खोज्दा बारमबार सिमामा समस्या उत्पन्न हुनेगरेको प्रहरीहरु बताउछन ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...