मुम्बई २६/११ आतन्की हमलाको विरोधमा मोटरसाइकल रैली

  • मंसिर ११, २०७७
  • १४५ पटक पढिएको
  • Vijay Singh
alt

काठमाडाैँ । २६ नोभेम्बर २००८ को रात अचानक मुम्बई शहर गोलीको आवाजले काँप्यो, यसपछि लगातार ६० घण्टासम्म गोलाबारी चलिरह्यो । मुुम्बईको इतिहासकै सबैभन्दा ठूलो हमलामा १ सय ६० जनाभन्दा धेरैको ज्यान गएकाे थियाे।

साेही २६/११ मुम्बई आतंकी हमलामा मारिएकाहरूको सम्झनामा मोटरसाइकल राष्ट्रिय एकता अभियानले र्याली निकालेकाे छ। र्यालीमा दर्जनाै कार्यकर्ताहरूकाे सहभागीता रहेकाे थियाे। अभियानले जनकपुरमा मोटरसाइकल र्याली निकालेकाे हाे।

उक्च आक्रमणमा मारिएका निर्दोषहरूप्रति अभियानले श्रद्धाञ्जली समेत ब्यक्त गरेकाे छ।

अभियानले निकालेकाे र्यालीमा आतंकबादलाई प्रसय दिन बन्द गर,आतंकवादको अन्त नै विश्वशान्तिको आगमन र आतंकवादलाई प्रसय दिने देश अपराधी लगायतका नारा लगाइएकाे थियाे।

अभियानका संयाेजक विनय यादवले पाकिस्तानमा लुकेका आन्तकवादीहरूलाई कार्वाही नहुन्जेलसम्म विश्व शान्ति कायम हुन नसक्ने बताए।

हमलाकारीले मुुम्बईका दुुईवटा पाँचतारे होटल, सिएसटी रेलवे स्टेशन, नरिमन हाउस र मेट्रो सिनेमासहित १२ ठाउँलाई निशाना बनाए । यति ठूला आतंकी हमला हुनसक्छ भन्ने अनुमान सुरुमा कसैलाई पनि थिएन ।

२६ नोभेम्बरकै रात आतङ्कवाद निरोधक दस्ताका प्रमुख हेमन्त करकरेसहित मुम्बई पुलिसका केही अधिकारी हमलामा मारिएका थिए । लियोपोल्ड क्याफे र छत्रपति शिवाजी टर्मिनस (सिएसटी) बाट सुरु भएको यो तान्डव ६० घण्टापछि पाँचतारे होटल ताज महलमा पुुगेर २९ नोभेम्बरमा समाप्त भएकाे थियाे ।

हमलाकारीमध्ये ९ जनाको मुठभेडकै क्रममा मृत्यु भयो । पक्राउ परेका एकमात्रै हमलाकारी पाकिस्तानी नागरिक आमिर अजमल कसाबलाई २०१२ मा फाँसी दिइएकाे थियाे । फाँसीको सजाय हुनअघि अजमलले पाकिस्तानमा केन्द्रीय कार्यालय रहेको अतिवादी इस्लामिक संगठन लस्कर–ई–तोइबाले यस आक्रमण गराएको खुलासा गरेका थिए । उनका अनुसार घटनामा मारिएका ९ हमलाकारी यही संगठनका सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...