परिवर्तनका लागि युवाको नेतृत्व अपरिहार्य ः उपसभापति झा

  • मंसिर ९, २०७७
  • २८६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

जागेश्वर यादव/जनकपुर,मंसिर ९ गते । परिवर्तनका लागि युवाको नेतृत्व अपरिहार्य रहेको जिल्ला समन्वय समिति धनुषाका उपाध्यक्ष दिपक कुमार झाले वताए । मुलुकमा परिवर्तन ल्याउनका लागि युवाहरुको महत्वपुर्ण योग्दान रहेको उनले वताए । मुलुकमा नयाँ संरचना आएपनि नेतृत्व पुरानै रहेको हुदाँ संघियताको मर्म अनुसार कार्यान्वयन गर्न समस्या भइरहेका वताए । युरोपिएन युनियनको आर्थिक सहयोग तथा भिएओ नेपालको सहकार्यमा नेपाल युवा संस्था सञ्जाल (आयोन) द्धारा धनुषाको जनकपुरधाममा आयोजित सामाजिक उत्तरदायित्व समावेशीता र युवा जवाफदेहीता विषयक कार्यशालाका प्रमुख अतिथी समेत रहेका उपसभापति झाले भने संघियताको अभास हुनेगरी स्थानीय तहले कार्य गर्नुपर्नेमा जोड दिए । उनले भने जिम्मेवार निकायले पार्दशितता र जवाफदेहीता वहन गर्नुपर्ने सुझाव दिए । पार्दशितता र जवाफदेहीता परिवर्तनका औजार रहेको वताउँदै अगामी दिनमा आफुले सम्पादन गर्ने क्रियाकलपाहरुलाई पार्दशितताका लागि कुनै कसर वाँकी नराख्ने वताए । स्थानीय तहमा देखिएका विकृति र ढिलासुस्तीका विषयमा सरोकारवालाहरु गंम्भिर हुनुपर्ने वताए । कार्यशालामा आयोनका पुर्व केन्द्रिय सदस्य रामबाबु यादवले भने नीति निमार्ण गर्नेहरुमा नै पारर्दशितता र जवाफदेहीताको अभाव रहेको वताए । उनले भने सवैले सधै जवाफदेहीता र पारर्दशितताको कुरा गर्ने तर आफनो निकायमा वा आफुले नेतृत्व गर्ने निकायमा कहिले जवाफदेहीताको वहन नगर्ने परिपार्टी रहेको वताए । स्थानीय सरकारले संघसस्थासंग समन्वय र सहकार्य गर्न आलटाल गरिरहेको समेत वताए । युवा समुहलाई परिचालनका निम्त्ति स्थानीय तहलले अग्रसरता लिनुपर्नेमा जोड दिए । कार्यक्रममा जागरण अभियान प्रदेश २ का संयोजक संजिव कुमार यादवले भने युवा परिवर्तनका संवाहक रहेकोले स्थानीय तहले युवाहरुसंग हातेमालो गरेर अगाडी बढनुपर्नेमा जोड दिए । उनले भने सवै निकायले पारदर्शितता र जवाफदेहीता इमान्दारीका साथ पालना गर्ने हो भने आम नागरिकले राज्यको अनुभुति गर्ने वताए । received_3473096502775913 कार्यशालामा नेपाल युवा संस्था सजालका परियोजना संयोजक जागेश्वर यादवले कार्यक्रमको उदेश्यमाथि प्रकाश पारेका थिए भने शिक्षा समन्वय इकाइ सिरहाका प्रमुख शशिकुमार यादवले सामाजिक जवाफदेहिता विषयमा आफनो प्रस्तुती प्रस्तुत गरेका थिए । प्रस्तुतिमा सार्वजानिक सुनुवाई,सामाजिक उत्तरदायित्वका विद्यमान कानुनहरु,संविधान लगायतका विषयमा छलफल गरेका थिए । नेपाल युवा संस्था संजाल (आयोन) प्रदेश २ का उपाध्यक्ष सिताराम यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका विषयगत शाखाका प्रमुखहरु,आयोनका सदस्य संस्थाहरु,स्थानीय युवा तथा अन्य सरोकारवालाहरुको सहभागिता रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...