महिला हिंसाको घट्ना सार्वजनिकिकरण विषयक पत्रकार सम्मेलन सम्पन्न

  • मंसिर ९, २०७७
  • १४५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स , मंसिर ९ लहान । २९ औं अन्तराष्ट्रि लैङ्गिक हिंसा विरुद्धको १६ दिवसिय अभियान २०२० र महिला हिंसाको घट्ना सार्वजनिकिकरण विषयक पत्रकार सम्मेलन मंसिर ९ गते लहानमा सम्पन्न भएको छ । ओरेक नेपाल, समग्र जन उत्थान केन्द्र लहान, मुक्ति नेपाल, मानव अधिकार संरक्षण केन्द्र संजाल(सिरहा) र महिला मानव अधिकार रक्षक संजाल सिरहाको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको छ । “लैंङ्गिक हिंसा अन्त्यको प्रतिवद्धता ः व्यक्ति, समाज र सबैको ऐक्यवद्धता” नाराका साथ सुरु भएको १६ दिवसिय अभियानमा गरिने कार्यक्रम सार्वजनिकिकरण र सिरहा जिल्लामा महिला माथि भएको हिंसाका घटनाका तथ्यांक ओरेक नेपाल, समग्र जन उत्थान केन्द्र लहान र मुक्ति नेपालले सार्वजनिक गरेको थियो । ओरेक नेपालकी केन्द्रिय सदस्य श्याम कुमारी साहको अध्यक्षतामा भएको कार्यक्रममा सिरहा जिल्लाका संचारकर्मी, मानवअधिकारकर्मी, महिला अधिकारकर्मीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...