महिला हिंसाको घट्ना सार्वजनिकिकरण विषयक पत्रकार सम्मेलन सम्पन्न

  • मंसिर ९, २०७७
  • २७६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स , मंसिर ९ लहान । २९ औं अन्तराष्ट्रि लैङ्गिक हिंसा विरुद्धको १६ दिवसिय अभियान २०२० र महिला हिंसाको घट्ना सार्वजनिकिकरण विषयक पत्रकार सम्मेलन मंसिर ९ गते लहानमा सम्पन्न भएको छ । ओरेक नेपाल, समग्र जन उत्थान केन्द्र लहान, मुक्ति नेपाल, मानव अधिकार संरक्षण केन्द्र संजाल(सिरहा) र महिला मानव अधिकार रक्षक संजाल सिरहाको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको छ । “लैंङ्गिक हिंसा अन्त्यको प्रतिवद्धता ः व्यक्ति, समाज र सबैको ऐक्यवद्धता” नाराका साथ सुरु भएको १६ दिवसिय अभियानमा गरिने कार्यक्रम सार्वजनिकिकरण र सिरहा जिल्लामा महिला माथि भएको हिंसाका घटनाका तथ्यांक ओरेक नेपाल, समग्र जन उत्थान केन्द्र लहान र मुक्ति नेपालले सार्वजनिक गरेको थियो । ओरेक नेपालकी केन्द्रिय सदस्य श्याम कुमारी साहको अध्यक्षतामा भएको कार्यक्रममा सिरहा जिल्लाका संचारकर्मी, मानवअधिकारकर्मी, महिला अधिकारकर्मीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...