महोत्तरीको बर्दिबासमा ६ वर्षीय बालिकाको बलात्कार पछि हत्या,स्थानीयले गरे आरोपित साहको घरमा आगजनी

  • मंसिर ९, २०७७
  • २७८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

महोत्तरीको बर्दिबासकी ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोप लागेका युवकको घरमा स्थानीयले लगाएको आगो प्रहरीलाई समेत निभाउन दिएका छैनन्। मंगलबार बिहान स्थानीयले बलात्कारका आरोपी स्थानीय २५ वर्षीय अरुण कुमार साहको घरमा स्थानीयले आगो लगाएका थिए। आगोले पुरै घर ध्वस्त हुने अवस्थामा पुगेपछि नियन्त्रणका लागि पुगेका प्रहरीलाई स्थानीयले रोकेका हुन् ।किराना पसल समेत रहेको उक्त घरमा विहानैदेखि आगो दन्किरहेको छ। अहिले पनि स्थानीयले ढुंगामुढा गर्दै बर्दिबासमा प्रदर्शन गरिरहेका छन्। स्थिति नियन्त्रमा लिन प्रहरीले दर्जनौ सेल अश्रु ग्यास प्रहार गरे पनि नियन्त्रणमा आउन सकेको छैन। आइतबार बेलुकादेखि बेपत्ता बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको अवस्थामा सोमबार राति शव फेला परेको थियो। पक्राउ परेका साहले बालिकाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। बालिका गुलाबलाई साहले बलात्कारपश्चात हत्या गरी बोरामा राखेर फालेको स्थानीय र प्रहरीको अनुमान छ। सभार:नेपालखबर

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...