मुस्कानको वार्षिकोत्सव कार्यक्रम स्थगित, विपदमा खुशियाली मनाउन सकिन्न ः निर्देशक झा ।

  • असार २९, २०७६
  • २५५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

२९ असार ।गत बुधबार देखिको अविरल वर्षा र बाढिको कारण जनजीवन अस्त व्यस्त बनेको विपद घडिलाई मध्यनजर गर्दै रेडियो मुस्कान ९६.५ मेगाहर्जले आफनो पुर्वनिर्धारित बार्षिकोत्सव कार्यक्रम स्थगित गरेको छ ।झा ब्रदर्श मिडिया हाउस प्राईभेट लिमिटेडका संचालक एवं रेडियो मुस्कानका प्रबन्ध निर्देशक शितल कुमार झाले वर्षा र बाढिको कारण देशभरकै जनजीवन अस्त व्यस्त भएको बेला कुनै पनि हालतमा खुशियाली मनाउन नसकिने भन्दै उनले भने —‘ सिराहा सहित देशभर अहिले विपदमा परेको छ , हजारौं व्यक्ति समस्यामा छन हामी कसरी खुशियाली मनाउन सक्छौं त्यसैले निर्धारित भईसकेको वार्षिकोत्सव कार्यक्रम स्थगित गरेका हौं । ’ यहि असार ३१ गत्ते स्थानीय न्यु रमझम साँझ होटलको सभाकक्षमा रेडियो मुस्कानको प्रथम वार्षिकोत्सव समारोह मनाउने सम्पुर्ण तयारी भईसकेको बेला कार्यक्रम स्थगित गर्नु सजिलो नभए पनि विपदको घडीलाई मध्यनजर गर्दै कार्यक्रम स्थगित गरिएको निर्देशक झाको भनाई छ ।रेडियोले ३१ गत्ते मनाउने भनिएको वार्षिकोत्सव कार्यक्रम अहिलेलाई स्थगित गरिएको र अवस्था सामान्य भएपछि मात्रै अर्को मिति निर्धारण गरिने उनले बताए ।‘ मिथिलाक शान’ मुलनाराका साथ २०७५ असार ३१ गते सिरहाको सदरमुकाम सिरहामा रेडियो मुस्कानको स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस

विद्युतको कर हटाउन ...

 काठमाडौं । विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल हटाउन तथा डेडिकेटेड र ट्रङ्क ल ...

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...