धनुषा नाका सुचारी गराउन अनिश्चितकालीन धरना

  • मंसिर ४, २०७७
  • १८० पटक पढिएको
  • Ram Pukar Yadav
alt

धनुषा  : कोरोना संक्रमणको बहाना बंद भएको नेपाल-भारत सिमा नाकालाई सुचारी गर्न पर्ने धनुषामा अनिश्चितकालीन धर्ना गरिएको छ ।

नेपाल भारत खुला सिमा संवाद समूहको आयोजनामा धनुषाको बिदेह नगरपालिका वार्ड नम्बर २ दुहबी टोलमा अनिश्चित कालिन २ घन्टे धरना प्रदर्शन बुधवार देखी सुरु भएको छ ।

धरनाको पहिलो दिन प्रदेश २ का प्रदेश सभा सदश्य राजपा नेता राम अशिष यादबले नेपाल भारतको धनुषा नाका तत्काल खोल्नु पर्ने बताए ।

धरना स्थल बिदेह नपा वार्ड नम्बर २ पुगेका नेता यादवले सिमा खुल्नु पर्ने धारना राख्दै एक्यवद्धता जनाएका हुन ।

जन जीवन सहज भएपनि धनुषा महोत्तरी लगायतका सीमा नाका के कति कारणले बंद गरिएको हो भन्ने जबाब तत्काल संघीय सरकारले समुचित जबाब दिनु पर्ने जसपा नेता बिमलदेब बिराजीको तर्क छ । धरनास्थलपुगेर बिराजीले सरकारलाई तत्काल सीमा नाका खोल्न मांग गरे ।

धरनाको अगुवाई जनता समाजवादी पार्टीका केन्द्रीय सदश्य राजीवझाले गरेका हुन झा नेपाल भारत खुला सिमा संवाद समूहका संयोजकको भूमिकामा पनि हुनुहुन्छ ।

संक्रमण बढ़न न दिन संघीय सरकारले हाल धनुषा र महोत्तरी जिल्लाको भारतीय सीमा नाका बंद गरेको हो । बंद भएको नाका बाट अहिले पैदल यात्री आवात जावत गरेपनी सवारी साधन भने चलेको छैन । धनुषाको नगराइन नगरपालिकाको जटही नाका र बिदेह नपाको दुहवी गोवराही नाकामा सवारी साधन चलेको छैन ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...