चिनियाँ राजदूत र ओलीबच नेकपाको आन्तरिक किचलोबारे हस्ताक्षेप

  • मंसिर ३, २०७७
  • १४१ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेको बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी फेरि सक्रियता देखाएकी छिन् । नेकपा भित्रको शक्ति संघर्ष शुरू भएकै देखी सक्रिय भएकी यान्छी नेकपा फुट्नै लाग्दा फेरि दौडधुप बढाएकी छिन् ।

यस क्रममा राजदूत यान्छीले हिजो राती नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसङ्ग भेट्न बालुवाटार पुगेको बुझिएको छ। मंगलबार राती आठ बजेर दश मिनेट जाँदा प्रधानमन्त्री निवास बालुवाटारमा पुगेकी राजदूत यान्छीले करिब तीन घन्टा प्रधानमन्त्री प्रधानमन्त्रीसँग ‘गोप्य’ भेट गरेकी छिन् । भेटमा प्रधानमन्त्री ओली र राजदूत यान्छीबीच नेकपाको आन्तरिक समस्या बारेमा छलफल भएको छ ।

प्रधानमन्त्रीसँग भेटपछी उनी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल लगायतलाई पनि भेट्नका लागि समय मिलाएकी पनि बुझिएको छ । नेपाल र प्रचण्डसङग सम्भवत उनको आजै भेट हुनेछ ।

पछिल्लो समयमा नेकपाभित्रको फुटको संघारमा पुगेको छ । २२ कार्तिकमा प्रचण्ड सहित ५ नेताले सचिवालयको बैठक बस्न माग गर्दै ओलीलाई पत्र बुझाएका थिए । त्यस लगत्तै ओलीले कात्तिक २५ गते प्रचण्डलाई १० पेज लामो पत्र लेखेका थिए ।

प्रचण्डले भने कात्तिक २८ गते ७ पन्ने जवाफ प्रधानमन्त्रीलाई फर्काएका थिए । पत्रहरूमार्फत भएको चर्काचर्की पछि नेकपाभित्रको विवाद यस उत्कर्षमा पुगेको छ ।

सचिवालयको बैठक बुधबार मंसिर ३ गते तय गरिएको छ । तर ओली समूहले प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता नलिएसम्म बैठक बस्नुको मतलब नहुने बताएदै आएको छ । यता प्रचण्ड सहित सचिवालयका ५ नेताहरुले भने प्रस्तावमाथि नै छलफल हुनुपर्ने अडान लिएका छन् ।

निर्णायक बैठकको रुपमा हेरिएको यो बैठक अघि चिनियाँ राजदूत सक्रिय भएपछि सवत्र आलोचना शुरू भएको छ । यसअघि पनि नेकपाको विवाद सुल्झाउन चिनियाँ राजदूतले दूतको रूपमा राजदूतावासको कर्मचारी, नेपाली व्यापारी तथा दोस्रो तहका कम्युनिस्ट नेताहरू र छोराछोरीलाई खटाएको भन्दै चर्को आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...