काेराेना कहरकाे बीचमा भाइटिका काे राैनक

  • मंसिर १, २०७७
  • २२८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

धनी राम काेरी कपिलवस्तु , १ मंसिर नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको आज मुख्य दिन भाईटीका हाे । तिहारलाई यमपञ्चक पनि भनिन्छ । भाईटीका तिहारको अन्तिम दिन हो । आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर मनाइँदै भाइटीका पर्व मनाइँदै छ । कोरोनाको कारण ले विगतको बर्षहरुमा जस्तो यसपालीकाे दशैं तिहार मनाउने अवस्था नभए पनि आज देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरुले सावधानी अपनाएर भाईटीका मनाएका छन् । आज मध्याह्न ११ बजेर ३७ मिनेटमा भाईटीकाको उत्तम साइत रहेको थियो । अहिले भने नेपालीहरुको सामाजिक सञ्जाल भाईटीका लगाएको फोटोहरुले भरिएको छ । भाइटीका पर्व नेपालीहरुको दोस्रो ठुलो चाड तिहार मानिन्छ । दाजुभाइ दिदीबहिनीहरु काे सम्बन्धलाई अझै राम्रो बनाउने का लागि भाइटिका मनाइन्छ । भाइटीका को दिन दिदीबहिनीले अा-आफ्ना दाजुभाइलाई शुस्वास्य , दिर्घायु , उत्तराेत्तर प्रगति एवम् हरेक इच्छाहरु पूरा हुदै जाउन भनी कामना गर्दै टीका लगाएर मनाउने गर्छन् । भाइटिका काे दिन मिठाे मिठाे परिकार काे खाना बनाएर खाने , मिठाइ र फारा खुवाउने परम्परा रहेको छ । दाजुभाइलाई टीका लगाउने , मिठाइ खुवाउने र माला पनि पहिराउने परम्परा रहेको पाइन्छ । मंसिर १ गते साेमवार का दिन भाइटिका , गाेवर्धन पुजा , नेपाल सम्वत ११४१ प्रारम्भ , अन्तर्राष्ट्रिय सहनशीलता दिवस र अन्तर्राष्ट्रिय विद्यार्थी दिवस पनि अाजै रहेको छ ।

प्रतिक्रिया दिनुहोस

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

विष्णुपुरमा ५५ वर्षी ...

 सिरहा । मिर्चैया नगरपालिका–१० पिप्राका करिब ५५ वर्षीय रामेश्वर महराको विष्णुपुर गाउँपालि ...