काेराेना कहरकाे बीचमा भाइटिका काे राैनक

  • मंसिर १, २०७७
  • ११९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

धनी राम काेरी कपिलवस्तु , १ मंसिर नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको आज मुख्य दिन भाईटीका हाे । तिहारलाई यमपञ्चक पनि भनिन्छ । भाईटीका तिहारको अन्तिम दिन हो । आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर मनाइँदै भाइटीका पर्व मनाइँदै छ । कोरोनाको कारण ले विगतको बर्षहरुमा जस्तो यसपालीकाे दशैं तिहार मनाउने अवस्था नभए पनि आज देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरुले सावधानी अपनाएर भाईटीका मनाएका छन् । आज मध्याह्न ११ बजेर ३७ मिनेटमा भाईटीकाको उत्तम साइत रहेको थियो । अहिले भने नेपालीहरुको सामाजिक सञ्जाल भाईटीका लगाएको फोटोहरुले भरिएको छ । भाइटीका पर्व नेपालीहरुको दोस्रो ठुलो चाड तिहार मानिन्छ । दाजुभाइ दिदीबहिनीहरु काे सम्बन्धलाई अझै राम्रो बनाउने का लागि भाइटिका मनाइन्छ । भाइटीका को दिन दिदीबहिनीले अा-आफ्ना दाजुभाइलाई शुस्वास्य , दिर्घायु , उत्तराेत्तर प्रगति एवम् हरेक इच्छाहरु पूरा हुदै जाउन भनी कामना गर्दै टीका लगाएर मनाउने गर्छन् । भाइटिका काे दिन मिठाे मिठाे परिकार काे खाना बनाएर खाने , मिठाइ र फारा खुवाउने परम्परा रहेको छ । दाजुभाइलाई टीका लगाउने , मिठाइ खुवाउने र माला पनि पहिराउने परम्परा रहेको पाइन्छ । मंसिर १ गते साेमवार का दिन भाइटिका , गाेवर्धन पुजा , नेपाल सम्वत ११४१ प्रारम्भ , अन्तर्राष्ट्रिय सहनशीलता दिवस र अन्तर्राष्ट्रिय विद्यार्थी दिवस पनि अाजै रहेको छ ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...