नेता राजनबाबु जयस्वालले गरे रौतहटको इनर्वामा क्रीकेट टुर्नामेन्ट उदघाटन

  • कार्तिक ३०, २०७७
  • ३५८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

मेवालाल यादव । रौतहट जिल्लाको बौधिमाई नगरपालिकाको -२ इनर्वामा इनर्वा प्रीमियर लिंग टी२० क्रिकेट टूर्नामेंट नेता राजनबाबू जयसवालद्वारा उद्घाटन गर्नु भएको छ ।नेपाली कांग्रेसका वडा अध्यक्ष प्रत्याशी युवा नेता धरमेंद्र प्रसाद पटेलको अध्यक्षमा नेपाली कांग्रेसका युवा नेता तथा मेयर प्रत्याशी राजन बाबु जयसवालद्वारा इनर्वा प्रीमियर लिंग क्रिकेट टूर्नामेंट उद्घाटन गर्नु भएको छ । साथै उहाँले यस टूर्नामेंटको आयोजक न्यु स्टार युवा क्रिकेट क्लबलाई धन्यवाद व्यक्त गरेका छन् । हामी युवाहरुलाई हरेक समाजिक कार्यमा साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।सो उद्घाटन कार्यक्रममा मन्तब्यको क्रममा बोल्दै युवा नेता राजनबाबू जयसवालले खेलाडीहरुको खेलको क्रममा सभ्य र नियमको दायरामा रही मर्यादित ढंगले खेल प्रदर्सन गरिदिनु हुन् आयोजकलाइ आग्रह गर्नु भयो । खेलको खेलाडीलाई शारीरिक; मानशिक मित्रतापूर्ण स्भावाको बिकाश हुने खेलाडीहरुको वहाले प्रंशासा गर्नु भयो । र रौतहट को युवाहरु खेलमा पनि जिल्लाको नाम रौशन गरोस् भन्ने हाम्रो चाहना छ। महामारीको कारण क्रिकेट खेल्न नपाएको ले खेल खराब हुदै गएको छ खेलाडीहरूले हामी समक्ष दुख व्यक्त गरेका थिए । युवाहरु को खेल प्रति मनोबल बढोस् भन्ने हाम्रो चाहना छ ।सो कार्यक्रममा नेपाली कांग्रेसको स्थानीय नेता शंकर मसताना, मुदालाल प्रसाद पटेल, राजाराम प्रसाद कुशवाहा, राम प्रसाद पटेल, भोला यादव, सुरेश शाह ,रामपात पटेल ,रामजीवन पटेल, हेमचन्द्र यादव, बृजभुशन मिश्र ,राजेश प्रसाद कुशवाहा, पवन पटेल ,अमोध पटेल! लगायत नेपाली कांग्रेसका बिभिन्न कार्यकार्ताहरु क्रिकेट प्रेमी तथा स्थानीयहरु लगायत करिब ५०० सय जनाको उपस्थिति रहेको थियो। १६ वटा सहभागी टिम मध्य उद्घाटन कार्यक्रमको बीच बौद्धा र कोपवा बीच टिम हुने खेलमा युवा नेता जयसवालले टस गरेर दुवै बीच खेल शुरु गराएका थिए ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...