सप्तकोशीको ५६ ढोकामध्ये ४१ ढोका खोलिए

  • असार २८, २०७६
  • १३५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

लगातार परेको पानीले सप्तकोशीमा पानीको बहाव शनिबार साँझ साढे तीन लाख पुग्न लागेको छ। पहाडी क्षेत्रमा पानी पर्न नरोकिएपछी बहाव उच्च हुनेक्रम निरन्तर भएको हो। साँझ ६ बजेको मापनअनुसार कोशीमा पानीको बहाब ३ लाख ३१ हजार २ सय २० क्युसेक पुगेको कोशी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए। उनका अनुसार अहिले ५६ ढोकामध्ये ४१ ढोका खोलिएका छन्। वर्षा निरन्तर जारी रहेकाले सप्तकोशीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले कोशी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ। वर्षा निरन्तर जारी रहेकाले सप्तकोशीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले कोशी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ। यसैबीच प्रदेश १ का निमिक्त मुख्यमन्त्री एवंम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, उद्योग, बन तथा बाताबरण मन्त्री जगदिश कुशियतले कोशी ब्यारेजको अनुगमन गरेका छन्। अनुगमनपश्चात टोलीले सुरक्षा निकायलाई सर्तक र चनाखो रहन निर्देशन दिएको छ। अनुगमन टोलीमा एक नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी ठाकुरप्रसाद ज्ञावाली सहित सुनसरी प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख पनि सहभागी थिए। अवलोकनपछि सो क्षेत्रमा मन्त्री सहितको टोलीको केहीबेर बैठकसमेत बसेर थप क्षति हुन नदिने निर्णय गरेको सुनसरी प्रहरी प्रमुख एसपी यज्ञबिनोद पोखरेलले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...