छठ्पछि प्रदेश २ मा प्रहरी भर्नाको तयारी, राणाकालीन सोचका सिडियो सचिव

  • कार्तिक २९, २०७७
  • १७९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स , लहान २९ कातिक । प्रदेशले प्रहरी भर्ना प्रक्रिया छठ् पछि गर्न तयारीमा जुटेको छ । यसले संघीय सरकार डराएको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले बताउँनुभयो । कातिक २७ गते जनता समाजवादी पार्टी नेपाल लहान नगर समितिले शुभकामना अदानप्रदान कार्यक्रममा मन्त्री यादवले अब कानुन बमोजिम प्रदेशमा प्रहरी भर्ना गर्ने बाटो खुलेको छ । यसको लागि कुनै अवरोध अब रहेन । तर, प्रहरी समायोजन गर्न दिएको छैन । समायोजको सवालमा संघीय सरकार डराएको उहाँले बताउँनुभयो । प्रहरीकै सवालमा प्रधानमन्त्रीमाथी तीन मुद्दा दर्ता गराएका छौ । तुरुन्त प्रहरी समायोजन गर । ५ हजार ७ सय प्रहरीको विज्ञापन रोक, प्रदेश आफै प्रहरी भर्ना सक्षम रहेको छ । झुठा मुद्दाको सवालमा दवावमुलक कार्यक्रमसहित अघि बढ्ने मन्त्री यादवले बताउँनुभयो । आजपनि विभिन्न विभेद रहेको छ भन्दै मन्त्री यादवले अहिलेसम्म राजनीतिक परिवर्तन भएको छ । आमुल परिवर्तनको खाचो छ । राणाकालिन सोच भएका वर्गमा आज पनि आमुल परिवर्तन शक्ति उनीहरुकै कब्जामा रहेको उहाँले बताउँनुभयो । राणाकालिन सोच भएका वर्गका सिडियो,सचिव, उपसचिव, हाकिम पुरानै ढर्रामा रहेको छ । यसलाई तोड्न प्रदेश सरकार सक्रिय रहेको छ । यसैले जनता संघीयताको सही अनुभुती नपाएकोले यसलाई तोड्न प्रदेशबाटै कार्यवन्यन गर्न जोड दिएको मन्त्री यादवले बताउँनुभयो । वैकल्पिक शक्तिको रुपमा जसपा आएको हो । यो पार्टीले नै पहाड, हिमाल र मधेशको अधिकार दिलाउँने तथा देशमा समृद्धि ल्याउँने भन्दै मन्त्री यादवले जसपाले निकट भविष्यमा संघीय सरकार बनाउँदै आमुल परिवर्तनको कार्यन्वयन गर्ने बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...