सय वर्ष पुरानो पिपलको रुख काट्न खोज्दा स्थानियको बिरोध

  • कार्तिक २०, २०७७
  • १९४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

पवन शाह बिराटनगर / सार्वजनिक ठाउमा रहेको लगभग सय वर्ष पुरानो पिपलको रुख को केही अंश आफ़्नो जग्गामा परेको भनि काट्न आटेको बेला स्थानिय तथा हिन्दु धर्म प्रेमी स्वयमसेवकहरुले बिरोध जनाएका छन । धेरै को आस्था जोडिएको नेपाल भारत सिमा बिराटनगर महानगर पालिकाको १६ नम्बर वडामा रहेको बिराटनगर भन्सार कार्यालय नजिक उत्तर तर्फ़ रहेको पिपलको रुख प्रदिप नेवटियाले रुख काटी सोही स्थानमा सटर निर्माण गरी भाडामा लगाउन खोजेको हुनाले स्थानिय बिरोधमा उत्रेका हुन । दैनिक पुजा पाठ गर्ने हिन्दु धर्म प्रेमी स्थानियहरु को पहलमा रास्ट्रिय बजरंग बल नेपाल को केन्द्रीय अध्यक्ष लाल बाबु पासवानको सहियोगमा स्वयमसेवकहरु भेलापारी रुख काट्न लागेको कुराको बिरोध गर्दै केहिबेर जयश्री रामको नारा लगाउदै प्रदर्शन समेत गरेका हुन । हिन्दु धर्म, आस्था माथी आच आउने गतिविधि या कार्य कसैले गरे अफ़ुहरु चुप लागेर न बस्ने बलको अध्यक्ष पासवानको भनाई रहेको छ । उक्त पिपलको रुखलाई देउता मानि हरेक शनिवार जल अर्पण गर्ने हरु धेरै छन र यहाका धेरैको आस्था जोडिएको हुनाले सो स्थानमा मन्दिरको निर्माण गर्न खोजेको अवस्थामा नेवटियाले रुख काट्न खोजेको स्थानिय रामजी मन्डलको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...