‘संघीय लोकतान्त्रिक गणतन्त्र’ नलेख्ने निर्णय असंवैधानिक र प्रतिगामी : यादव

  • कार्तिक १९, २०७७
  • २८७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स सिरहा । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले नेपालको नामबाट ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाउने सरकारको निर्णय असंवैधानिक र जनताको संघर्ष तथा बलिदानको विरुद्धमा रहेको बताएका छन् । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गत कात्तिक ११ गते नै मन्त्रिपरिषद्बाट नेपालको नाम अघि ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ नलेख्ने निर्णय गरेको हालै सार्वजनिक भएपछि जसपाका अध्यक्ष यादवले सोको प्रतिक्रिया दिएका हुन् । सरकारको यो कदम अन्ततः लोकतान्त्रिक गणतन्त्र, संघीय प्रणाली र समावेशी लोकतन्त्रलाई नै धरापमा पारी मुलुकलाई प्रतिगमनतर्फ लैजाने षडयन्त्र हुन सक्ने उनले बताए । सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष यादवले यसको स्पष्ट जवाफ नेपाल कम्युनिष्ट पार्टीले दिनुपर्ने उल्लेख गरेका छन् । सभार सार्वजनिक .कम

प्रतिक्रिया दिनुहोस

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...