कपिलबस्तुमा रु. ६० लाख बराबरको ब्राउन सुगर सहित १ जना नियन्त्रणमा

  • कार्तिक १८, २०७७
  • ३५२ पटक पढिएको
  • Pradesh Times
alt

सुरेश कुमार पांडेय ,कपिलवस्तु कार्तिक १८ कपिलबस्तुको मर्यादपुर नाकामा रु.६० लाख बढि पर्ने ब्राउन सुगर सहित एक एक जना पुरुषलाई नियन्त्रणमा लिएको छ ।

जिल्लाको यशोद्धरा गाउपालिका ५ सुठौली भन्सारको व्यारियलमा बि.ओ.पी. मर्यादपुर बाट शसस्त्र प्रहरी निरिक्षक शंकर सिंह सिखको कमाण्डमा खटिएका ५ जनाको टोलीले चेकिंग गर्ने क्रममा कपिलबस्तु नगरपालिका १० बस्ने २३ बर्षिय दिप चन्द्र सिंह क्षेत्री लाई ६१.१८० ग्राम ब्राउन सुगर सहित बरामद गरेको हो ।

प्रहरी निरिक्षक शंकर सिंह भारत बाट लुकाई छिपाई ल्याइ रहेका ती व्यक्ति मार्थी शंका लागी चेक जाँच गर्दा निजले बोकेर ल्याएको १४ पीस ब्राउन सुगरको पोका बरामद गरेको बि.ओ.पी. मर्यादपुरका शसस्त्र प्रहरी निरिक्षक शंकर सिंहले जानकारी दिनुभएको छ । बरामद गरेको ब्राउन सुगर भारत बाट नेपाल आएपछि अन्र्तराष्ट्रिय बजार मुल्य ६० लाख बढि पर्ने बताइएको छ ।

कपिलवस्तुका सुरक्षाकर्मीले लागु औषध ओसारपसार नियन्त्रणका लागी थप कडाई गरे सगै पछिल्लो समय सिमा क्षेत्रमा लागु औषध बरामद हुने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...