लागू औषधसहित भारतीय नागरिक पक्राउ

  • कार्तिक १७, २०७७
  • ३३५ पटक पढिएको
  • Pradesh Times
alt

संजय कुशवाहा / नवलपरासी पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ७ भन्सार टोल खेतको बाटो हुँदै युपी ५६ एडी ३८६० नम्बरको भारतीय मोटरसाइकल नेपाल तर्फ आउदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल बिओपी भुजहवाको गस्ती टोलीले मोटरसाइकललाई रोकी चेकजाँचको क्रममा लागू अौषध फेला परेपछि पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको महाराजगंज जिल्लामा पर्ने गडौर बजारको बर्ष २७ का राजकुमार गुप्ता रहेका हुन । बि.ओ.पि.भुजहवाबाट खटिएको सीमा टोलिले चेकजाच गर्दा निजको साथबाट डाईजापाम ५४५ पिस, नुफिनल५४० पिस, फेनरागन ५४५ र ओनरेक्स सिरफ २० पिस लागु औषध फेला परेको छ। व्यक्तिलाई नियन्त्रणमा लिई लागुऔषध र मोटरसाईकल सहित आवश्यक कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय परासी बुझाएको सशस्त्र प्रहरी नेपाल गण नं २६ बेलासपुरका सुचना अधिकारी रोशन घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...