गायिका रेखा जोशी र संसार धामीको स्वरमा रहेको डेउडा गित उसै फस्का लाउदि छै सार्बजनिक

  • कार्तिक १७, २०७७
  • ४३० पटक पढिएको
  • Pradesh Times
alt

चर्चित देउडा गायिका रेखा जोशी र संसार धामीको स्वरमा रहेको नयाँ देउडा गीत “उसै फस्का लाउदि छै”सार्वजनिक भएको छ । के.एस. सोनी को शब्द रहेको उक्त गीतको म्युजिक भिडियो संसार धामीको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । कृष्ण बाबुद्वारा निर्देशन गरिएको उक्त म्युजिक भिडियोमा सिद्धार्थ जयगढी र दीपिका कँडेलले अभिनय रहेको छ । कृष्ण बाबुको सम्पादन रहेको म्युजिक भिडियोको छायाङ्कन अमृत उपाध्यायले गरेका छन् ।गीतको छायाङ्कन घोडाघोडी नगरपालिका वडा नम्बर ६ भित्रका रमणीय ठाउँमा गरीएको छ । लोक पप गीत मार्फत साङ्गीतिक क्षेत्रमा भर्खरै प्रवेश गर्नु भएका गायक संसार धामीको उसै फस्का लाउदि छै पहिलो देउडा गीत हो । कैलालीको घोडाघोडी नगरपालिका वडा ६ घर भएका धामी पछिल्लो समय साङ्गीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन थालेका छन् । https://m.youtube.com/watch?feature=share&v=s3cYAtfnX5o

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...