सोनाली बेन्द्रे बच्ने सम्भावना ३० प्रतिशत मात्रै थियो, क्यान्सर चौथो स्टेजमा पुगिसकेको बारे अनभिज्ञ

  • फाल्गुन २७, २०७५
  • १२३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

गत वर्ष जुलाईमा सोनाली बेन्द्रले आफूलाई क्यान्सर लागेको खबर सार्वजनिक गरेर सबैलाई झट्का दिएकी थिइन् । सोनाली बेन्द्रे त्यसपछि आफ्नो उपचारका लागि न्यूयोर्क गइन् र उनले सोसल मिडियामा एउटा पनि नकारात्मक कुरा राखिनन् । उनी क्यान्सरसँग आफ्नो र आफ्नो परिवारको लडाइँबारे सोसल मिडियामा लगातार अपडेट गरिरहिन् ।

सोनालीले यो लडाईं निकै बहादुरीका साथ लडिन् र आफ्नो उपचारका बीच भारत फिर्ता भइन् र उनी अन्य क्यान्सर पीडितका लागि पनि प्रेरणादायी काम गरिरहेका छन् ।

हालै एक अन्तरवार्ताको क्रममा सोनालीले मेटास्टेटिक क्यान्सर चौथो चरणमा पुगिसकेपछि मात्र यसबारे थाहा भएको बताइन् । उनलाई अमेरिका जानुअघि क्यान्सरबारे केही थाहा नभएको पनि उनले बताइन् । न्यूयोर्कमा उपचार गर्ने सोच उनका श्रीमान् गोल्डी बहलको भएको पनि उनले बताइन् । उनका अनुसार उनलाई न्यूयोर्कका डाक्टरले उनी बाँच्ने ३० प्रतिशत मात्रै सम्भावना भएको बताएका थिए । 

उनले भनिन्, अमेरिकामा उपचार गराउन किन जानु पर्यो भन्दै उनी श्रीमान्सँग रिसाएकी थिइन् । उनले भनिन्, ‘मेरा श्रीमानले मलाई जबर्जस्ती अमेरिका लिएर गएका थिए । म बाटोभरी उनीसँग झगडा गरिरहेकी थिएँ । मलाई के भइरहेको थियो केही पनि थाहा थिएन । ’

उपचारको क्रममा उनका श्रीमान् निकै केन्द्रीत भएको उनले बताइन् । उनका अनुसार अमेरिका पुगेर जब उनीहरुले डाक्टलाई रिपोर्ट देखाए तब सोनालीलाई चौथो स्टेजको क्यान्सर भएको र बाँच्ने सम्भावना ३० प्रतिशत मात्र भएको बताएका थिए ।

‘यो सुनेपछि म अक्क न बक्क भएँ । मैले श्रीमानलाई हेरेर अमेरिका ल्याएकोमा खुसी व्यक्त गरेँ । गोल्डीलाई मबारे थाहा भइसकेको थियो त्यसकारण उनले यसबारे अनुसन्धान थालिसकेका थिए । उनलाई शंका लागेको थियो त्यसकारण उनी यसमा कुनै कमी नहोस् भन्ने चाहन्थे ।’

 

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...