समाजसेवी लक्ष्मी महतो द्वारा नेपाल शिक्षक महासंघ गौशालाको भवनको सिलान्यास

  • कार्तिक १५, २०७७
  • २८० पटक पढिएको
  • Pradesh Times
alt

धर्मेन्द्र कुमार यादव-महोत्तरी, महोत्तरी जिल्लाको गौशाला नगरपालिका मा रहेको नेपाल शिक्षक महासंघको नाया भवन निर्माण गर्न शनिवार सिलान्यास गरिएको छ। गौशाला नगर पालिकाको वाडा नं २ स्थित रहेको सरकारी जग्गामा उक्त भवनको सिलान्यास गरिएको छ। स्थानिय समाज सेवी तथा जनता समाजबादीका पार्टीका नेता लक्ष्मी महतोले विशेष पहल गरी वाडा अध्यक्ष संग प्रकृया पुर्याइ करिब १ कठ्ठा जग्गामा महासंघको भवनको सिलान्यास गरिएको छ।

त्यस्तै सोही ठाउमा साधना सिद्धि निखिल आश्रम नामको निखलेश्वर महाकाल मन्दिरको सिलान्यास गरिएको । साबिक गा वि स रहेको बेलानै उक्त मन्दिर बनाउन जग्गा प्रदान गरिएको कुरा अशोक चौधरीले जनाएको छ। महाकाल मन्दिर को लागी एक कठ्ठा जग्गा दिइएको कुरा लक्ष्मी महतोले जनाएको छ। त्यस्तै सिलान्यास कार्यक्रम बिथोल्नको लागी गौशाला नगर पलिकाको कार्यालयले उक्त समयमा शुभकामना अदान प्रदान कार्यक्रम राखि सम्पुर्ण कुरा प्र अ, शिक्षक शिक्षिका्हरु लाइ बोलऐएको तर सबै शिक्षक शिक्षिका सिलान्यासमा उपस्थित भइ कार्यक्रम सफल पारेको कुरा नेपाल शिक्षक महासंघ गौशालाको अध्यक्श नकुल उप्रेतीले बताएको छ।

सिलान्यास कार्यक्रममा जनता समाजबादी पार्टीका केन्द्रीय सदस्य देव नरान महतो, क्षेत्रीय अध्यक्ष उपेन्द्र महतो, भोला मडल, नेपाल शिक्षक महासघका बिभिन्न पदाधिकारी, विभिन्न बिद्यालयका प्र अ, शिक्षक शिक्षिका, स्थानिय राजनिती दलका कार्यकर्ता हरुको उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...