बिग्रेका कांग्रेसी ठेकदारका कारण रौतहटको विकास चौपट - पुर्व मन्त्रि प्रभु साह

  • कार्तिक ९, २०७७
  • ५५२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

रामसरन यादव कार्तिक ९ रौतहट नेकपा प्रदेश २ का अध्यक्ष तथा संघिय सांसद प्रभु साहले बिग्रेका कांग्रेसी र मद्धेशबादी ठेकदारको कारण रौतहटमा हुने भौतिक संरचना निर्माणको काम गुणस्तरहिन हुनेगरेको दावी गरेका छन । उक्त दलका नेताहरुको संरक्षणमा ति ठेकदारहरुले करोडौंको लगानीमा जिल्लामा हुनेगरेको भौतिक संरचनाको निर्माण स्तरिय नभएको गुनासो गरेका हुन । आज आफनो गृह जिल्ला र जिल्लाको पश्चिम र उतरी भेगमा अवस्थित रहेको रौतहटको फतुवा बिजयपुर नगरपालिमा आज कार्तिक ९ गते शुभकामना कार्यक्रम एक समारोह लाई संबोधन गर्दै । फतुवा बिजयपुर नगरपालिकाको वडा नम्बर १ बैरगनियामा आज बिहान आइतबार विजया दशमी , शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना तथा आदानप्रदान_तथा_जनचेतना_कार्यक्रम सम्पन्न भएको जनाइएको छ । सितलपुर बैरगनियाको पुर्व गा बि स अध्यक्ष एवम मेयरका प्रत्यासी उम्मेद्वार अरबिन्द यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी नेता अरबिन्द यादवले वडा नं । १ को सम्पूर्ण जनता जनार्दनमा हिन्दुहरूको महान पर्व बिजयादशमी,शुभदीपावली तथा छठ पर्वको शुभकामना दिदै सम्पूर्ण जन समुदायको सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं । २ का अध्यक्ष तथा रौतहट क्षेत्र नम्बर ३ को संघीय सांसद प्रभु शाहको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । ठेक्का लिएको रौतहटको दर्जनौ महत्वपुर्ण योजना अलपत्र रहेको बताए । त्यसैगरी नेपाली कांग्रेसका प्रदेश सांसदको टिकट पाएर चुनावमा समेत भिडिसकेका ठेकदार नागेन्द्र साह,ठेकदार दायाराम साह,ठेकदार महादेव साह,ठेकदार प्रमोद यादव, ठेकदार अरबिन्द जयसवाल,श्रीकान्त यादव,उपेन्द्र यादव जस्ता दर्जन बढी ठेकदार छन । कांग्रेसका केही नेताहरुको प्रत्यक्ष संरक्षणमा रहेका ई ठेकदारहरुले ठेका पाएका कुनै पनी काम समयमा गर्दैनन अधिकांस काम पेटी ठेकदारलाई दिने गर्दछन जसको कारण एउटा ढिलो निर्माण हुने र गुणस्तर हिन हुने सांसद प्रभु साहले दाबी गरेका छन ।। तर रौतहटका केही ठेकदारले बाहिरिया ठेकदारलाई अनेक भ्रममा पारेर काम गर्न नदिने र उसलाई ठेका पारेबापक निश्चित रकम दिएर आफैले गुणस्तरहिन काम गरीरहेकाले सरकारको करोडौं लगानी हुँदा पनी उपलब्धी सुन्य भईरहेको सांसद साहले गुनासो गरे । महेन्द्र राजमार्गको अलावा सर्लाही बाट गरुडा कटहरिया,बकैया हुँदै बिरगंज सम्मको बाटोमा स्तरउन्नती र कालोपत्रे निर्माणको बजेट निकासा भईसकेकाले आवश्यक जग्गा दिएर समयमै बाटोको निर्माण काम पुरा गराउन सबैलाई आग्रह गरेका छन । सडक सञ्जालको विकास पछीमात्र ठाँउको विकास हुने भएकाले रौतहट क्षेत्र ३ अन्तरगतको सबै गाँउलाई हाईवे संग जोडने योजना रहेको बताएका छन। बिग्रेका कांग्रेसी जनप्रतीनधीको कारणले जिल्लामा बिकासमा अवरोध पुगेका छन त्यस्ता जनप्रतीनधी र ठेकदारलाई अब जनाताले जड्बाट उखालेर फाल्नु पर्छ ? राजतन्त्र हामी सबैले मिलेर फालेका छौ तयस्तै अहिले पनि छोटा राजाहरु छन कांग्रेसमा सांसद प्रभु साहले दोहरयाएका छन । सांसद प्रभु साहले भने बिधुत , बाटो शिक्षा सिचाइमा बढी जोड दिनु पर्छ मेरो प्रतिबाधाता हो ? रौतहट जिल्ला सद्स्य नेकपाका युवा एवम चर्चित नेता तथा रौतहट क्षेत्र नम्बर ३ को संघीय सांसद प्रभुको स्वकिय सचिव विजय यादव निर्बिजले बताउनु भयो । कोरोना संकटको यो समयमा सचेत भइ आम नागरिकहरुले सामाजिक सदभावका साथ चाडपर्व मनाउनु पर्ने प्रभु शाहले जोड दिनु भयो । सो कार्यक्रममा प्रदेश सभा सदस्य मा । कुन्दन कुशवाह , नेकपा प्रदेश सदस्य मनोज यादव, प्रदेश सदस्य अमर साह , नेता चन्देश्वर वैठा नेता नागेन्द्र साह , चलचित्रकर्मी संघ प्रदेश २ को अध्यक्ष विजय यादव निर्विज ,फतुवा बिजयपुर ना पा को वाडा न १ को अध्यक्ष सन्जय साह ; नेता ब्रहामानरायन यादव दिपलाला सोनार मेयर प्रत्यासी सुरेन्द्र यादव बुधाई खान सितलपुरको वाडा प्रत्यासी सेरबहादुर पटेल पत्रकार , बुद्धिजिवी सुरक्षाकर्मी लगायतको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...