कृष्णनगरको लिंकगेट बाट ३ केजी अफिम बरामद

  • कार्तिक ४, २०७७
  • ११५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

कपिलवस्तु समचारदता कपिलवस्तु, ४ कार्तिक कपिलवस्तु प्रहरीले जिल्लाको कृष्णनगरबाट तिन केजी अफिम बरामद गरेको छ । नेपाल भारत सिमा क्षेत्रको कृष्णनगर नगरपालिका वडा नम्बर २ लिंङ्कगेटमा प्रहरी नायब निरिक्षक रेशम बहादुर जिसीको कमाण्डको टोलीले एक व्यक्ति माथी शंका लागी चेकजाँच गर्ने बेला ति व्यक्तिले आफुले बोकेको झोला फालेर भारतको बढनी तर्फ भागे । भागेका उनलाई नेपाली प्रहरीले पिछा गरेर भारत पुगे । भारत प्रवेश गरेका उनलाई भारतिय सिमा सुरक्षा बलको टोलीले नियन्त्रणमा लिई खान तलासी शुरु गर्यो । सो क्र्ममा उनले कम्मरमा बाधी राखेको अफिम भेटियो । यता उनले नेपालबाट भाग्दा फालेको ब्यागमा खानतलासी गर्दा तिन केजी अफीम फेला परेको छ । उनले प्लास्टिकले बेरेर ६ प्याकेटको पोकामा राखेको अवस्थामा सो अफिम भेटिएको हो । यसरी झोला फालेर फालेर भागेका व्यक्ति रुकुम पश्चिम वाफिकोट गाँउपालिका वडा नम्बर ८ दुली घर भई हाल दाङ्ग जिल्लाको तुलसीपुर उपमहानगरपालिकाको गुमराह चोक बस्ने बस्ने अन्दाजी बर्ष ३५ को लाले भन्ने लाल बहादुर खत्री भएको खुल्न आएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...