६५अौ प्रहरी दिवसको अवसरमा उत्कृष्ट कार्यको कदर स्वरुप पुरस्कृत निरीक्षक यादब

  • असोज ३०, २०७७
  • ३९२ पटक पढिएको
  • Pradesh Times
alt

कृष्णा यादब बारा, ३० असोज । ६५ औं प्रहरी दिवसको अवसरमा आज ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख ओम प्रकाश यादव सम्मानित हुनु भएको छ ।
ईलाका प्रहरी कार्यालय प्रसौनिका प्रहरी निरीक्षक यादवले विभागिय नीति निर्देशन अनुसार दिईएको जिम्मेवारी अत्यन्त ईमान्दारी एंव उत्कृष्ट ढंगबाट सम्पादन गरी समाजमा शान्ति सुरक्षा तथा अमनचयन , अपराध नियन्त्रण एवं अनुसन्धान , नागरिकसंग सहकार्य र आन्तरिक प्रशासनिक कार्यहरूमा समेत त्रुटी रहति ढंगबाट कार्य सम्पादन गरी विभागिय छविलाई उच्च राख्ने कार्य गरेको हुँदा सम्पादित उत्कृष्ट कार्यको कदर स्वरुप पुरस्कृत गरिएको हो ।
ईलाका प्रहरी कार्यालय प्रसौनिमा पहिलो पटक यादबको अागमन भए लगत्तै निरीक्षक यादबले सवारी मुद्दा रहेको बिश्रामपुर गाँऊपालिकाका अध्यक्ष अमिरीलाल पाल लगाएत ३५ जना फरार प्रितिवादि लाई पक्राऊ गरि अदालत बुझाउन सफल रहनुभएको छ।
त्यसतै यादबले १५ लाख फिरोटी रकम मागने आपराधिक लाभ, बम विष्फोट तथा संगठित अपराध मुद्दामा संलग्न रही फरार महतोलाई पक्राउ गर्ने सफल भएका हुन् ।महतो गतवर्षदेखि भारततर्फ फरार भएका थिए। केही दिनअघि उनी नेपाल प्रवेश गरी पुनः आपराधिक गतिविधिमा संलग्न हुन लागेको सूचना पाए पछि यादवले उनको घर घेराउ गरी पक्राउ गर्ने सफल रहेका छन् ।
यादबको काम कर्तब्यले बाराका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले प्रहरी निरीक्षक यादवलाई प्रशंसा पत्र वितरण गर्नुभएका थिए ।
 
 
जिल्ला प्रहरी कार्यालय बाराले आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, कलैया उपमहानगरपालिका नगर प्रमुख राजेश राय यादव, प्रहरी नायब उपरीक्षक , जिल्ला समन्वय समिति बाराका अध्यक्ष नवल किशोर सिहं लगायत उच्च ओहदाका व्यक्तिवको सहभागिता रहेकोे थियो ।

प्रतिक्रिया दिनुहोस

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...