महोत्तरीको सम्सी गाउपालिकामा पाचौ नगरसभा सम्पन्न, कृषीलाइ प्राथमिकता

  • असोज २८, २०७७
  • २८१ पटक पढिएको
  • धर्मेन्द्र कुमार यादव महोत्तरी
alt

धर्मेन्द्र कुमार यादव महोत्तरी असोज २८।  बिबादै बिबादमा रहेका महोत्तरीको सम्सी गाउपालिकामा बुधबार पाचौ नगरसभा बहुमतले पारित भएको छ।
असार १० गते हुनुपर्ने नगर साभा बिबादका कारन असोज २८ गते सम्पन्न भएको छ। यो भन्दा बिगतको दिनमा रहेको प्रसाशकीय अधिकृत रामजी जोशी माथी अख्तियारमा मुद्दा परेपछी बिबाद बढेको थियो।
गाउपालिकामा प्रसाशकीय अधिकृत भद्रबहादुर बस्नेत आएपछी सबैलाइ सहमतिमा ल्याउन कोसिस गरेपनी सफल हुन नसकेर बहुमतिय प्रणाली अनुसार बहुमतको आधारमा पाचौ नगरसभा सम्पन्न गरिएको छ।
सम्सी गाउपालिका प्रमुख शेख फारुकको अनुसार पटक पटक गएर सहमतिमा आउन अनुरोध गरेपनी उपाध्यक्ष नगिना देबी लगायत वडा न.१,३,५,७ का वडा अध्यक्षहरु सहमतिमा आउन सकेन त्यसपछी वडा न.२,४,६ का वडा अध्यक्ष लगायत २१ जनाको बहुमत पुर्याएर नगरसभा सम्पन गरेको छु, साथै मसिरको पहिलो हप्ता बाट बिकास निर्माण सुरु गरी चैत्र मसान्त भित्र सम्पुर्ण काम सम्पन गर्ने प्रतिबध्ता गर्नु भयो।
सम्पन नगर साभामा सब भन्दा बढी कृषी क्षेत्रलाइ प्राथमिकता दिइएको छ र त्यसपछी क्रमश स्वास्थ्य, शिक्षा र पुर्वाधार प्राथमिकता दिइएको छ। सम्पन नगर साभामा ४६ करोड २३ लाख ३९ हजार ५ सय ४० रुपैयाको बिकास निर्माण लगायत प्रस्तुत गरिएको उहाले बताउनु भएको छ। साथै नगर साभा सम्पन भएको कारन लगभग दशै को फुलपाती भन्दा पहिले शिक्षक लगायत अन्य कर्मचारीहरुको तलब भता निकासा हुने कुरा प्रसाशकिय अधिकृत भद्रबहादुर बस्नेतले बताएको छ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...