अभिभावकको गणक संख्या अपुगको कारण व्यवस्थापन समिती गठन हुन सकेन

  • असोज २७, २०७७
  • ७०१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

धर्मेन्द्र कुमार यादव महोतरी सामुदायिक विद्यालयको चौतर्फी विकासका लागि समुदायमा रहेको हरेकको भुमिका अपरिहार्य रहेको गौशाला नगरपालिकाका नगरप्रमुख शिवनाथ महतोले बताएका छन । मंगलबार गौशालास्थित त्रिभुवन माविको अभिभावक भेलालाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख महतोले अबको समयमा विद्यालयको चौतर्फी विकासका निम्ती सवैलाई सक्रिय रुपमा सकारात्मक भुमिका निर्वाह गर्नका लागि आग्रह गर्नुभयो ।
वर्तमान परिवेशमा विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिती, अभिभावक लगायतका समाजका शिक्षाप्रेमीको सहयोगमा मात्र विद्यालयको चौतर्फी विकास हुनेमा नगरप्रमुख महतोले जोड दिनुभएको छ ।
कार्यक्रमकाबीच नगरप्रमुख महतोले भन्नुभयो—‘विद्यालय विकासका निम्ति अव करोडौको बजेट निकासा हुने भएको छ । होडवाजीमा नभए सक्षम रुपमा नेतृत्वदायी भुमिका निर्वाह गर्नेलाई मात्र अगाडि आउनुपर्नेछ ।’ निजी विद्यालयमा विद्यार्थीलाई टिपीन बोकेर जाने अभिभावकलाई कम्तीमा आफना वालवालिका विद्यालयसम्म पुगेको छ या छैन सो सम्बन्धमा निगरानी राख्नुपर्ने आवश्यक रहेको नगरप्रमुख महतोले बताउनुभयो ।
एक अर्को प्रसंगमा नगरप्रमुख महतोले वर्तमान परिवेशमा विद्यालयमै बसि विद्यार्थीलाई पढाउनुपर्ने वातावरण नभएकोले वैकल्पिक शिक्षण विधी मार्फत पठनपाठन क्रियाकलापलाई अगाडि बढाउनका लागि सवैमा आग्रह गर्नुभएको छ ।
कार्यक्रमकाबीच विभिन्न वक्ताहरुले वर्तमान समयमा शैक्षिक गतिविधीको सम्बन्धमा चर्चा परिचर्चा गनुभएको थियो ।
आवश्यकमात्रामा अभिभावकको संख्या नपुगेको कारण मंगलवारका लागि वोलाईएको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिती गठन हुन नसकेको विद्यालय स्रोतले जनाएको छ । अव अगामी कार्तिक २ गतेका दिन अभिभावक भेला वोलाई व्यवस्थापन समिती चयन गरिने विद्यालयका प्रधानाध्यापक अमोद कुमार साहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...