सरकार अधिनायकवादको मास्टर प्लान र रणनितिमा ः पुर्व संचार मन्त्री यादव

  • आश्विन २५, २०७७
  • १०५५ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव÷बिष्णुपुर सिरहा । पुर्व राजपा र पुर्व सजपाको पार्टि एकिकरण पश्चात बनेको जसपा कार्यकर्ता भेटघाट र स्थानिय तहहरु समेतमा पार्टि समायोजन गर्न सन्देश दिन बिष्णुपुर गाउँपालिकाको राजपुर कौवाहा पुगेको पुर्व संचार मन्त्री राजकिशोर यादवले सरकार अधिनायकवादको रणनितिमा लागेको बताउनुभयो ।121258709_355165288868587_3306896116608538909_n

सिरहाको बिष्णुपुर गाउँपालिका रामजानकी पर्यटकिय बागमा कार्यकर्ता भेटघाट गर्दै मन्त्री यादवले भने, सरकारले जनता भ्रमित गर्ने चालमा छन,देशमा दुइ पार्टि पद्धति स्थापनाको लागि मास्टर प्लानमा छन ।यसले मधेसि, आदिवासि, दलित,जनजाती, पिछडा वर्ग मुस्लिम,अल्पसंख्यक सिमान्तकृत समुदाय र जनतालाई बिकल्प बिहिन बनाउने खेल रहेको बताएका छन ।121253646_343485350284573_1897534227284513340_n

मन्त्री यादवले जसपा मुलुकको तेस्रो शतिmशालि पार्टि रहेको भन्दै सरकारले देशमा अधिनायकवादको राजनिति स्थापित गर्न सबिधान सभाको निर्वाचन २०७० ताका निर्वाचन ऐन परिवर्तन गरेर थे्रसहोल्डको निति ल्याए । थे्रसहोल्डको निति तहत त्यस बखत देशमा रहेका जम्मा ३१ वटा राजनितिक दलहरुलाई चार वटामा झारे र हाल जनतालाई भ्रमित गर्दै दुई पार्टि पद्धतिको खेलमा लागेको बताउँदै जनता समाजबादि पार्टि समेतलाई तह लगाउने प्रजातन्त्र बिरुद्धको गतिबिधिहरु वारे बुझन पार्टि कार्यकर्ता तथा नेतृत्व पंतिmलाई नचुक्न प्रष्ट गर्नुभयो ।

उहाँले भने,सतारुढ कमयूनिष्ट सरकारले दुइ पार्टि पद्धतिको तहत पहिला मधेसवादि दललाई र पछि काँग्रेस पार्टि समेतलाई तह लगाई चिनको जस्तो एकल अधिनायकवाद ल्याउने मास्टर प्लानमा सरकार रहेको बताउनुभयो ।उहाँले अन्तराष्ट्रिय राजनिती परिर्वतनको बारेमा कार्यकर्ताहरुलाई सुझाउँदै सरकारले देशमा प्रजातन्त्र र प्रजातान्त्रिक अभ्यासहरुलाई सरकारले समेत धरापमा पार्दै गरेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...