गाैशाला वजारका वुद्विजिवि द्वारा प्रदेश सभा सदस्य साहलाई ज्ञापन्न पत्र

  • असोज २४, २०७७
  • १३१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

नरेन्द्र महताे / गाैशाला २४ असोज महाेत्तरी जिल्लामा अवस्थित गाैशाला नगरपालिका वडा न.५ मा रहेकाे गाैशाला बजार प्राचिन समय देखि ऐतिहासिक ,धार्मिक र व्यापारिक दृष्टिकाेणले महत्वपुर्ण बजारकाे पहिचान बनाएकाे भए पनि दिगाे विकास हुन नसकेकाे कारण माननीय प्रदेश सभा २ का सांसद भरत प्रसाद साहलाई गाैशालाका वद्विविजिवि रंजित कनाैजिया लगायत स्थानिय द्वारा शुक्रवार ज्ञाप्न पत्र बुझाएका छन । यस न.पा. मा कुल १२ वडाहरु १४४.७३ वर्ग कि.मी. क्षेत्र फैलिएका र कुल जनसंख्या ६६ हजार ६७७ रहेका छन ।जस मध्ये वडा न.५ मा कुल १०१८ घरधुरी र५७५५ जनसंख्या रहेका छन । वि. स. १९९३ सालमा भारत विहार प्रान्तका दरभंगा महाराजले गाईकाे संरक्षण तथा व्यवस्थापनकाे लागि दिएका थिए । निगाैल गाई गाैशालाले वि. स.२०२२ सालमा सर्भे नापि हुँदा केहि जग्गाहरुकाे जग्गाकायम गराई लालपुर्जा प्रदान गरेका तथ्य देखिन्छ र गाउँ पंचायत ,अादर्श तथा नमुना गाउँ विकास समिति मार्फत गाउँ व्लकका जग्गाहरु सर्भे नापी गरि जग्गाधनीहरुकाे लाल पुर्जाहरु वितरण भई हाल गाैशाला वजारकाे यस रुपमा विकास हुन गएका ज्ञाप्न पत्रमा स्मरण गरिएकाे छ । तर यस निगाैल गाई गाैशालाकाे प्रशासनले २०२२ सालमा निजि व्यक्तिहरुकाे भाेगचलन रहेकाे तथा मालपाेत कार्यालय महाेत्तरी बाट रजिष्ट्रशन पास भएका जग्गाहरुकाे समस्या समाधानमा सांसद साहकाे भुमिका अावश्यक रहेकाे हामिहरु महसुस गरि ज्ञापन पत्र मार्फत सहयाेगकाे लागि अनुराेध गरिएकाे छ र साथै मडहा पुल देखि निगाैल चाैक सम्मकाे सडक निर्माण गर्दा स्थानियहरुकाे पुरानाे घर जग्गाहरु कम भन्दा कम क्षति पुग्ने गरि सडक निर्माण गर्दा स्थानियहरुकाे क्षति कम हुने छ । सडक बनाउँदा क्षति कम हुनकाे लागि वैकल्पिक मार्गकाे बाटाे विस्तार गर्नु पर्ने अावश्यकता देखिएकाे छ ।नगर भित्रका सडक संजालकाे गुरुयाेजना, अतिक्रमित बाटाेहरुकाे सुधार ,निगाैल गाई गाैशाला व्यवस्थापन समितिका निर्णयहरुकाे कार्यान्वयन,प्राविधिक शिक्षा प्राप्त गर्ने संस्थाहरु बजारकाे निजि स्थलहरुमा निर्माण,पिडित तथा सुकुम्वासिहरुकाे वासकाे लागि व्यवस्थापन गराई दिगाे विकासकाे शुरुवात अाजै बाट गर्नु पर्ने उल्लेख गरिएकाे छ । यता उक्त ज्ञापन्न पत्र बुझिदै सडक विस्तार हुँदा कम से कम दुई वटा वसहरु अावत जावत गर्नमा कुनै कठिनाई नहुनु पर्ने र गाैशाला वजारकाे समस्या लगायत अन्य कार्यमा ध्यान दिई अगाडि बढने प्रदेश २ का सांसद साहले बताउनु भयाे । सडककाे विकास नभएकाे कारण गाउँघर वाट अाएका वैल गाडा, टायर,टेक्टरलाई सास्ति बहाेर्नु परेकाे छ। यसै क्रममा निगाैल चाैक भन्दा पशि्च्मकाे मुल सडक भएकाेले यसलाई कम नगर्नु वडा न.१० वडा अध्यक्ष जलिल शेखले सांसद साहलाई ध्याण अाकार्षण गराउनु भयाे ।

प्रतिक्रिया दिनुहोस

विद्युतको कर हटाउन ...

 काठमाडौं । विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल हटाउन तथा डेडिकेटेड र ट्रङ्क ल ...

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...