अरुण यादवको अध्यक्षतामा पर्सामा पुष्पलाल मित्रता केन्द्र गठन

  • असोज २४, २०७७
  • १६१ पटक पढिएको
  • Pradesh Times
alt

२४ आश्विन वीरगञ्ज – नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृतिमा स्थापना भएको पुष्पलाल मित्रता केन्द्र पर्सा जिल्लामा पनि विस्तार भएको छ ।
मित्रता केन्द्रको उपाध्यक्षमा प्रमोद यादव, महिला उपाध्यक्ष इन्दु घिमिरे, सचिव शिवम शाह, कोषाध्यक्ष शिवशङ्कर यादव, सहसचिव इशक कुमार र सुरेश गुप्ता लगायत ३० सदस्यीय समिति गठन भएको छ ।
 
वीरगञ्जमा शनिबार भएको भेलाले युवा संघ नेपालका केन्द्रीय सदस्य अरुण यादवको अध्यक्षतामा मित्रता केन्द्र पर्सा गठन भएको हो ।
कम्युनिष्ट विचारलाई अझ बलियोसँग जनमानसमा पु¥याउन भूमिका खेल्न केन्द्रले काम गर्छ ।
भेलालाई सम्बोधन गर्दै संविधानसभा सदस्य एवं नेकपा पर्सा जिल्ला कमिटी सदस्य विचारी यादवले नेकपा पार्टीलाई चैते कम्युनिष्टहरुसँग बचाउनुपर्नेमा जोड दिए । नेकपा भित्र अहिले पनि रहेका एउटा बाट अर्को पार्टीमा हाम फाली हाल्ने केही कम्युनिष्ट भनाउँदाहरुले पार्टीलाई बदनाम गराएको आरोप पनि लगाए ।
नेकपाका केन्द्रीय सदस्य एवं पुष्पलाल मित्रता केन्द्रका , उदाहरणीय भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेकपाका जिल्ला कमिटी सदस्य मनोज चौधरी, राजेन्द्र यादव, रामबाबु यादव, पुष्पलाल मित्रता केन्द्र प्रदेश नं २ का सदस्य बृजलाल पासवान, दुर्गा क्षेत्री, शिवम साह लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...