बैकल्पिक शिक्षाका लागि विद्यालयहरुमा स्वाध्ययन सामाग्री हस्तान्तरण

  • असोज २४, २०७७
  • १८४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

कपिलवस्तु , २४ असाेज दलित सामाजिक बिकास केन्द्र र युनाईटेड मिसन टु नेपालको सयुंक्त साझेदारीमा संचालित हाम्रो पहँुच परियोजना अन्तर्गत यशोधारा गाउँपालिकाको ८ वटै वडामा कक्षा ६ का लागी स्याधायन सामाग्री तथा कक्षा ३ का लागि अभिभावकहरुको सहयोगमा बालबालिकालाई घरमा नै गराउन सकिने सिकाई क्रियाकलापहरु सामाग्री (किताब) यशोधरा गाउपादिकाको सहकार्यमा २७ वटा विद्यालयहरुमा हस्तान्तरण दलित सामाजिक विकास केन्द्रले गरिएको छ। यशोधरा गाउपालिकामा रहेका ३ वटा मा.वि., ५ वटा निमावि, १४ वटा प्रावि र मदरसा लगायत जम्मा २७ वटा बिद्यालयमा कक्षा ३ को ६७० जना र कक्षा ६ को ४०८ जना बालबालिका गरी जम्मा १०७८ जनालाई एक एक वटा बैकल्पिक शिक्षाका लागि स्वाध्ययन सामाग्री घरमा नै गर्न सकिने सिकाई क्रियाकलापहरु र अभिभावकहरुको सहयोगमा बालबालिकालाई घरमा नै गराउन सकिने सिकाई क्रियाकलापहरुको किताब यशोधरा गाउपालिकाका शिक्षा शाखा प्रमुख अनिल ओझाको सहकार्यमा दलित संस्थाले बितरण गरिएको हो । कोरोना भाइरसको प्रभावले विद्यालय बन्द रहेको बेलामा विद्यार्थीहरुले उक्त किताव बालबालिकाहरुले अभिभावकहरुको सहयोगमा आफैले पढन लेख्न र अभ्यास गर्न सक्ने गरि पाठयक्रमको आधारमा तयार गरिएको हो। कोरोना भाइरस (कोभिड १९) महामारीको बेलामा सबै विद्यालयहरुबन्द रहेको अवस्था छ । यस समयमा बिद्यार्थीहरु घरमा बस्दै आई रहेका छन । त्यसकारण विद्यार्थीहरुको सिकाई अभ्यास निरन्तरता र बिर्सेका कुराहरुको पुर्नताजगी र उनीहरुको पढाई नियमित रुपमा होस भन्ने उद्देश्यले यो किताब वितरण गरिएको हो । जनकारी परियोजना अधिकृत राम कुमार महराले जनकारी दिनु भएको छ । यसको प्रयोगको बारेमा प्रत्येक विद्यालयका प्र.अ तथा शिक्षकहरुलाई यशोधरा गाउँपालिका कार्यालयको सहयोगमा महत्व तथा औचित्यको बारेमा १ दिने अभिमुखिकरण पनि संचालन गरिएको संस्थाका अध्यक्ष राम शरन रैदासले जनकारी दिनु भएको छ । साथै यस गाउँपालिकाको ५ वटा वडामा ३२ वटा गाउँमा सिकाई केन्द्र संचालन भैरहेका छ र यसको सहजीकरण गर्ने सहजकर्तालाई पनि अभिमुखिकरण गरियो छ । श्री अनिरुद्ध पब्लिक माध्यमिक विद्यालयको प्र.अ.रामसेवक यादव, श्री कृष्ण धार्मिक माध्यमिक विद्यालयको प्र.अ. रामजियावन यादव, श्री राष्ट्रिय निम्न माध्यमिक विद्यालयका प्र.अ शिव प्रसाद चौधरी र श्री जगन्नाथ निम्न माध्यमिक विद्यालयका प्रअ. तिलक राम लोहार लगायतको प्र.अ.हरुले यो किताव वितरण गरेको धेरै राम्रो र बालबालिकाहरुको लागि धेरै सहयोगी भएको छ सवै जनाले दलित सामाजिक विकास केन्द्र संस्था प्रति आभार प्रकट गर्नु थियो ।

प्रतिक्रिया दिनुहोस

विद्युतको कर हटाउन ...

 काठमाडौं । विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल हटाउन तथा डेडिकेटेड र ट्रङ्क ल ...

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...