सरकारले न्याय दिन नसकेको भन्दै द्धन्द पिडित परिवारको गुनासो ।

  • असोज २२, २०७७
  • ११७ पटक पढिएको
  • Pradesh Times
alt

सुरेश कुमार पांडे कपिलबस्तु असोज २२  १० बर्षको लामो द्धन्दको अन्त्य भएको धेरै समय वितेपनि अझै तीनै तहको सरकारले न्याय दिन नसकेको भन्दै कपिलबस्तुका द्धन्द पिडित परिवारले गुनासो गरेका छन् । सरकारले द्धन्द पिडित लाई न्याय दिन सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग गठन गरेपनि ती आयोगहरुले प्रभाबकारी काम नगर्दा द्धन्द पिडित परिवारले न्यायको लागि लामो समय पर्खिदा पनि अहिले सम्म सरकारले कुनै काम अगाडी बढाउन नसकेको पिडितहरुले बताएका हुन् । कपिलबस्तुको सदरमुकाम तौलिहवामा एडभोकेसी फोरम को आयोजना र न्यायको लागी द्धन्द पिडित समाजको सहकार्यमा संक्रमणकालीन न्याय सम्बन्धी छलफल कार्यक्रममा ३० भन्दा बढी द्धन्द पिडितको सहभागितामा बोल्ने अधिकांश पिडितहरुको एउटै दुखेसो थियो । द्धन्द्ध भएको लामो समय वितेपछि अहिले पनि समाजमा आत्मसहानुतीका आधारमा बस्न नसेको गुनासो गर्दै सरकारले द्धन्दपिडितको समस्या समस्या गर्दा अहिले पनि द्धन्दको घाउ मनमा ताजै रहेको द्धन्द पिडितको भनाई छ । तीन तहको सरकार गठन भएसंगै सरकारले द्धन्दपिडीत परिवारका लागी सुबिधा, राहत र अधिकारहरु कसरी उपलब्ध गराउने जानकारी दिने उद्देश्यका साथ यो छलफल कार्यक्रम आयोजना गरिएको न्यायको लागी द्धन्द पिडित समाजका केन्द्रिय अध्यक्ष जनक बहादुर राउतले बताउनु भएको छ । त्यस्तै एडभोकेसी फोरम का कार्यक्रम संयोजक बिकास बस्नेतले द्धन्दपिडीत परिवार प्रति स्थानिय सरकार को भुमिका पिडीतहरुको मागलाई सरकाले कसरी सम्बोधन गर्नसक्छ भन्ने कुरा सहभागीलाई जानकारी गराउनु भएको छ । कोभिड का कारण लकडाउनमा पिडीत परिवारमा असर पर्न गएको हुदा उहाहरुलाई रिलेक्स गराउन योगा व्यायाम समेत गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस

विद्युतको कर हटाउन ...

 काठमाडौं । विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल हटाउन तथा डेडिकेटेड र ट्रङ्क ल ...

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...