मिर्चैयाको महिला हत्या काण्ड पेँचीलो बन्दै

  • आश्विन २१, २०७७
  • २१६५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

बद्रीनरायन यादव  सिरहा,२१असोज । मिर्चैया नगरपालिका–६ मा भएको महिला हत्या काण्ड पेँचीलो बन्दै गएको छ । आफ्नै घरमा बसेकी एक महिलाको गएको भाद्र २१ रातीमा हत्या भएको थियो । कल्याणपुर नगरपालिका–१२ बेल्हा घरभई मिर्चैया नगरपालिका–६ मा पनि आफ्नै घरमा बसेकी ३६ बर्षिया रिणादेवी पुर्वेको हत्या भयो । ‘सुत्ने कोठामै घोप्ट्याएर तौलियाले छोपेको थियो, रिणाको मृत शरिर,’मृतकका आफन्त श्रीनारायण साहले भने,‘अर्ध नग्न थियो । लगाएको सुरुवाल र अन्य लुगा कोठामै फालिएको थियो ।’ जबरजस्ती करणी गरेर घाँटी थिचेर हत्या गरेको हुन सक्ने उनको दाबी छ । उनका अनुसार रिणा बसेको भवनमा अगाडि र पछाडी दुईद्वारमा बाहिरबाटै ताल्चा लागेको थियो । प्रहरीको रोहवरमा ताला फुटाएर मृतकको शव पोष्टमाडमका लागि धरान लगिएको उनले थपे । रिणा बसेको भवनमा पाँचवटा कोठा छन् । ‘भाडा लिई बस्नेहरु आ–आफ्नो घर र रिणाको दुई छोरीएक तीन बर्षिय छोरा चौरचनमा मामा घर सागरपुर गएको थियो,’श्रीनारायणले भने,‘घटना भएको दिन घरमा एक्कलै थिइन,रिणा ।’ उनका अनुसार अनुमानको भरमा रिणाको मृत शव दिनभर घरमै रह्यो । छिमेकीबाट जानकारी पाएर आफुले प्रहरीलाई खवर गरे । ‘गएको भाद्र २१ म अन्दाजी साढे आठ बजे रिणासँग कुरा भयो । त्यसको केही मिनेट पछिबाट फोन लाग्न छाड्यो,’बैदेशिक रोजगारमा गएको उनको पति प्रमोद कुमार पुर्वेले भने,‘घटनाबारे किटानी जाहेरी दिँदा पनि प्रहरीले असहयोग गर्दै जाहेरी दार्ता गर्नबाट अनाकानी गर्दै आएको छ ।’ घटनामा संलग्न रहेको आरोप लगाउदै रिणाको माइती गाउँ सिरहा नगरपालिका–२२ सागरपुरका ३२ बर्षिय तौकिर आलम बिरुद्ध प्रहरीले घटना भएको झण्डै डेढ महिना पछि किटानी जाहेरी दर्ता गरेको श्रोतको भनाई छ । कपोकल्पीत आरोपमा पक्राउ ‘फोन गरेकै भरमा पक्राउ गरेर महिनौ दिन राख्नु न्ययोचित भएन्,’ तौकिरका दाजु मोहम्मद तमन्ना नदाफले भने,‘गाउँले भएको नाताले बर्षौ देखि रिणा मात्र नभई उनको घरका अन्य सदस्यले तौकिर समक्ष आफ्ना कुरा राख्दै आएको थियो ।’ कुरा गर्दै जाँदा पारिवारिक सवाल उठेपछि समयको सिमा नरह्ने गरेको उनले भने,‘फोन गर्दैमा हत्या गरेको हो भन्नु उचित छैन् । तौकिरले हत्या गरेको हो भन्ने त्यसको कुनै ठोस कारण छैन् ।’ उनका अनुसार रिणाको हत्या सम्बन्धमा तौकिरको नाम जोड्नु कपोकल्पीत आरोप मात्र हो, जसमा कुनै तुक छैन् । सामाजिक रहन–सहन अनुसार परेको बेला मौकामा सघाइदिनेलाई फोन गरेकै भरमा यसरी हत्याको आरोप लगाउन थाल्यो भने एकले अरुलाई सघाउने काम बन्द गर्छ त्यो अवस्थामा पारिवारिक दृष्टिले कमजोर रहेको वर्गको हालत के होला ?, उनले भने,‘रिणाको हत्या हुनु दुःखद पक्ष हो । त्यसैले हत्यामा संलग्न रहेको दोषी छुटिनु हुँदैन र निर्दोष पर्नु पनि हुँदैन ।’ गाउँले सम्बन्ध रिणा र तौकिर एउटै गाउँको र नजिकै घर रहेका छन् । गाउँले भएको नाताले रिणा र उनका घरका सदस्यहरुले पनि समय समयमा सहयोग माग्दै आएका थिए । जुन कुरालाई रिणाको पति प्रमोदले पनि स्वीकारदै भने,‘तौकिरको भतिज मिर्चैयाको एक स्कूलमा पढ्ने गरेको हुँदा–बेला बखतमा सासुरालीबाट पठाएको सरसमान पु¥याइदिने गरेका थिए ।’ ससुरालीमा जग्गा किन्दा पनि गाउँलेसँगै तौकिरले तार–तम्य मिलाइदिएको उनको स्वीकारोक्ति छ । चाल–चलवले तौकिरले नै हत्या गरेको हो भन्न नमिल्ने गाउँलेहरुले भने,‘गाउँले सम्बन्धमा आधारमा मात्र नभई ठोस प्रमाणको आधारमा कारवाही प्रक्रिया अगाडि बढाएर दोषीमाथि कारवाह िगरियोस । घटनाको एउटै दृष्टिकोणबाट नभई अरु दृष्टिकोणबाट अनुसन्धान प्रक्रिया अगाडि बढाएर दोषी पत्ता लगाउन तौकिरका दाजु तमन्नाले आग्रह गरे । घटनाको जालो मिर्चैयामै ‘मेरो घर नजिक रहेको एक फार्ममा काम गर्ने एक जना फरार छ,’रिणाको पारिवारिक श्रोतले भने,‘उनलाई खोजी गर्दा सम्पर्कमा आउन सकेको छैन् ।’ पारिवारिक सदस्य तथा अन्य आफन्तको सहयोगमा रिणाले बैदेशिक रोजगारबाट आएको पैसा व्यवस्थापन गर्दै घर जग्गा किन्ने र पारिवार चलाउदै आएकी थिइन् । पटक पटक गरी उनको पति प्रमोद पुर्वे २५ वर्ष बैदेशिक रोजगारमा काम गरे । केही वर्ष अगाडि मिर्चैया बजारमा घडेरी किन्दा समान्य विवाद समेत भएको श्रोतको दाबी छ । बहिनी ज्वाईले पनि घरका अधिकांश कारोवारमा सघाउदै आएको थियो । तौकिरलाई सुनियोजित तरिकाले फसाउने प्रयास गरिदैछ उनको दाजु तमन्नाले भने,‘त्यात्रो बिकट ठाउँमा एउटै व्यक्तिले हत्या गर्न सक्दैन । यदि गरिएपनि लछार पछार हुन्छ र त्यो अवस्थामा रगतको छिटा देखिन सक्छ तर त्यो केही देखिएको कुरा बाहिर आएको छैन् ।’ अनुसन्धान जारी छ ःप्रहरी ‘अनुसन्धान भइरहेको छ,’जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक उमाशंकर पजियारले भने,‘अनुसन्धानमा असर पर्ने हुँदा तत्कालै धेरै कुरा बाहिर लग्न मिल्दैन् ।’ उनका अनुसार आउने केही दिनभित्रै सही कुरा ल्याएर कारवाही प्रक्रिया अगाडि बढ्ने छन् । रिणाको माइती गाउँ सिरहा नगरपालिका–२२ सागरपुरका ३२ बर्षिय तौकिर आलमलाई अनुसन्धानका लागि प्रहरीले गाउँबाटै भाद्र २४ गते पक्राउ गरेको छ । ‘हामी अनुसन्धान गर्दै छु । अहिले कुनै प्रष्ट कुरा बताउन सकिदैन,’इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तु जैसवालले भने,‘थप कुरा बुझ्नु छ भने जिल्लामा सम्पर्क गर्नुस ।’

प्रतिक्रिया दिनुहोस

सिरहामा कोदालो प्रह ...

प्रदेश टाइम्स  / ३ जेठ, सिरहा । सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीले छिमेकीलाई कोदालो ...

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...