प्रदेश_२_सरकार_गरिब_दलितको_आवासप्रति_उदासिन संघिय सांसद प्रभू साहको आरोप

  • असोज १९, २०७७
  • ३६१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 रामसरन यादव अशोज १९ काठमाडौं सता रुढदल नेपाल कम्नियुष्ट पार्टी नेकपाको को केन्द्रीय सदस्य एवंम प्रदेस नम्बर २को अध्यक्ष एवम पुर्व मन्त्रि हाल न्यू ब्रतमान्न रौतहट क्षेत्र नम्बर ३ को संघिय सांसद प्रभु साह आज समाजिक सञ्जाल फेसबुक मार्फत घरवार विहीनको संख्या अन्य प्रदेशको तुलनामा अत्यधिक रहेको प्रदेश-२ मा प्रदेश सरकार घरबारविहीन असहाय गरिब दलितको घर निर्माणमा पुरै उदासिन देखिएको छ । गरीब दलितहरुको आवास निर्माणको लागि प्रदेश सरकारबाट कुनै रकम छूट्याउन त परै जाओस संघीय सरकारबाट प्राप्त रकम समेत उपयोग गर्न सकेको छैन । जनता आवास कार्यक्रमको नाममा संघीय सरकारबाट बर्षेनी प्रदेश नं. २ लाई प्राप्त अर्व भन्दा बढी बजेट रकम प्रदेश सरकारको बदनियतपूर्ण रवैयाका कारण फ्रिज हुने गरेको छ । आवास मानव जीवनका लागि आधारभूत आवश्यकता हो । नेपालको संविधानले पनि आवासको अधिकारलाई मौलिक अधिकारको रूपमा स्थापित गरेको छ । यति हुँदाहुँदै पनि प्रदेश सरकार घरवारविहीन परिवारको आवास निर्माणप्रति गम्भीर नहुनु दुःखद हो । जुनसुकै विषयमा पनि आफ्नो कमिकमजोरी एवं अकर्मण्यता ढाकछोप गर्न सधैं केवल संघीय सरकार माथि दोषारोपण मात्र गर्ने प्रदेश २ सरकारको रवैयामा व्यापक सुधार आवश्यक छ । केन्द्रले आवश्यक/धेरै बजेट नै दिएन भनेर केवल खेदो मात्र खन्नुको सट्टा प्राप्त बजेट रकमको सही एवं समुचित सदुपयोग गर्नतर्फ प्रदेश सरकार अग्रसर हुन आवश्यक देखिन्छ । यसरी प्रदेशवासीहरुको आवास निर्माणका लागि आउने बजेट रकम प्रत्येक वर्ष फ्रिज हुनु प्रदेश सरकारको चरम लापरवाही एवं गैरजिम्मेवारीपनको पराकाष्ठा हो । तसर्थ, यस बदनियतपूर्ण, दुखद एवं गम्भीर आपत्तिजनक विषयप्रति सबै सरोकारवालाहरुको समयमैं ध्यान केन्द्रित हुन जरूरी छ । क्र.सं. आ.व. बजेट रकम वितिय प्रगति १. ०७६/७७ ८१ करोड़ ३४ लाख ३०% २. ०७७/७८ १ अर्व ३८ करोड़ ०%

प्रतिक्रिया दिनुहोस

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

विष्णुपुरमा ५५ वर्षी ...

 सिरहा । मिर्चैया नगरपालिका–१० पिप्राका करिब ५५ वर्षीय रामेश्वर महराको विष्णुपुर गाउँपालि ...