मोटरसाइकल सहित ४ लाख ५१ हजार बराबरको मालसामान नियन्त्रण

  • असोज १८, २०७७
  • १४९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

संजय कुशवाहा / नवलपरासी पश्चिम नवलपरासीको विभिन्न ठाउँहरुबाट १ मोटरसाइकल सहित ४ लाख ५१ हजार ७ सय ६१ रूपैयाँ मूल्य बराबरको अबैध मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार बिहान नेपालबाट भारततर्फ अबैधरुपमा लैजादै गरेको करिब ४० हजार मुल्य बराबरको ११ बोरा (५ क्युन्टल ) हरियो मटर (केराउ) र भारतबाट भन्सार छली अबैधरूपमा नेपालतर्फ ल्याउदै गरेको २४ हजार मुल्य बराबरको ४८ पिस लेडिज कुर्ती ,सुरूवाल ईलाका प्रहरी कार्यालय बेलाटारी प्रहरी टोलीले प्रतापपुर गाउँपालिका वडा न.५ बसहियाबाट नियन्त्रणमा लिएको छ। यसैगरी दिउँसो भारतबाट भन्सार छली अबैधरूपमा नेपालतर्फ ल्याउदै गरेको ७० हजार मुल्य बराबरको मन्दिरमा झुनडियाउने घण्टी ,लेडिज कुर्तीसुरूवाल ,टिसर्ट ,चप्पल ,सेन्डो लगायत सामान इलाका प्रहरी कार्यालय अमानिगंज खटिएको टोलीले पाल्हिनन्दन गाउँपालिका वडा न.२ भक्सिपुरबाट नियन्त्रण लिएको छ । यसैगरी सरावल गाउँपालिका वडा न.४ ललितपुरस्थित भारतबाट भन्सार छली अबैधरूपमा यु पी ५३ सी वाई १७५० नम्बरको भारतिय मोटरसाइकलमा राखी ल्याउदै गरेको ८० थान लेडिज कुर्ता सुरूवाल ,सेन्डो ,भेस्ट ५३ पीस ,थान कपडा ३७१ मिटर र मोटरसाइकलका विभिन्न पाटपुर्जा लगायत सामान सिमामा प्रहरी चौकी महेशपुरले नियन्त्रणमा लिएको छ । उक्त सामानको अन्दाजी मुल्य २ लाख ६१ हजार ७ सय ६१ रूपैयाँ र मोटरसाइकलको मुल्य ९० हजार गरि जम्मा ३ लाख ६१ हजार ७ सय ६१ रूपैयाँ बराबर रहेको छ । उक्त सामान मोटरसाईकलमा राखी लैजादै गर्दा प्रहरी टोलीलाई देखेपछी मोटरसाइकल र सामान छाडी मानसिक भागेका थिए । नियन्त्रणमा लिएको मटर (केराउ)कपडा ,घण्टी,मोटरसाइकलका पाटपुर्जा र १ मोटरसाइकल आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी राजु लामाले बताए ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...