प्रहरीद्वारा अटोरिक्सा सहित पाँच लाख बराबरको कपडा नियन्त्रण

  • असोज १६, २०७७
  • ३५५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

संजय कुशवाहा / नवलपरासी पश्चिम नवलपरासीमा अबैध समान अोसार पसारमा संलग्र १ अटोरिक्सा सहित अबैध लेडिज कुर्ती ,सुरूवाल नियन्त्रण गरिएको छ । शुक्रबार बिहान भारतबाट नेपाल तर्फ भन्सार छली अबैध रूपमा लु १ ह १९६४ नम्बरको अटोरिक्सामा राखी ल्याउदै गरेको ४ बोरामा ३ सय ५९ थान लेडिज कुर्ती ,सुरूवाल प्रहरीले नियन्त्रण गरिएको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा न.१ पुनर्वासबाट अटोरिक्सा नियन्त्रण गरिएको हो । नियन्त्रण गरिएको कुर्ती र सुरूवालको मुल्य १ लाख ९३ हजार ९ सय र अटोरिक्साको मुल्य ३ लाख गरि जम्मा ४ लाख ९३ हजार ९ सय मुल्य बराबरको नियन्त्रणमा लिएको छ । नियन्त्रणमा रहेको अटोरिक्सा सहित अबैध लेडिज कुर्ती ,सुरूवाल समेतलाई आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...