संञ्चार सचिव वस्याल समक्ष पत्रकारहरुका मुद्दाहरुमा ध्यानाकर्षण

  • असोज १५, २०७७
  • १७२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

काठमान्डौ ।सूचना तथा प्रबिधि मन्त्रालयका सचिव हरिप्रसाद वस्याल समक्ष नेपाल पत्रकार महासंघका तर्फबाट पहिले पनि आग्रह गरिएका बिषयहरुमा आज साना लगानीका सञ्चारमाध्यम हकहित प्रबर्द्धन समितिका तर्फबाट पुन समग्र सञ्चार क्षेत्रका समस्याका बारेमा अवगत गराउँदै कोभिड–१९ को मारमा परेका संचारकर्मिहरु लगायत संचार माध्यमहरुका विषयमा विशेषरूपमा ध्यानाकर्षण गराइयो। महासङ्का आदरणीय केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यको सल्लाह अनुसार मन्त्रालयमा पुगेको म सहितको टिमले सचिब बस्याल समक्ष छलफल र ध्यानकर्षण कार्यक्रममा जिल्ला हुलाक कार्यालयबाट प्रेस पास नविकरण र नयाँ प्रेस पास जारी गराइदिन ,मिडियाहाउसहरुमा तोकिएको पारिश्रमिक पाए नपाएको मन्त्रालय तहबाट समेत अनुगमन गरिदिन ,अनलाइनलाई वर्गिकरणका आधारमा विज्ञापनको व्यावस्था मिलाइदिन,मोफसलका पत्रिकाहरुले स्थानीय तहका टेन्डर विज्ञापन प्रकाशन गर्न खरिद ऐन परिमार्जनका लागि पहल गरिदिन, लोककल्याणकारी विज्ञापनका भुक्तानी समायमा गरिदिन,स्थानीय तहमा समानुपातिक ढंगले विज्ञापनको मापदण्ड मिलाईदिन,साना लगानीका सञ्चार माध्यम अत्यन्तै कठिन अबस्थामा रहेकाले प्रर्वद्धन गर्ने नीति बनाइदिन मन्त्रालयले विशेष भूमिका खेलिदिन समेत आग्रह गरियो। सूचना तथा प्रशासन विभागका महानिर्देशक किरणराज शर्मा राजधानी दैनीकका सम्पादक एवं वरिष्ठ पत्रकार सागर पण्डित समेतले सो छलफलमा सहभागिता जनाइ आफ्नो धारणा राखिदिनुभएकोमा विशेष धन्यवाद ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...