प्रभू साहको बिसेष पहलमा पूर्व कम्युनिष्ट नेतासहित विभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश, अध्यक्ष प्रचण्डले लगाइदिए टीका

  • असोज १५, २०७७
  • ६०१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

राम सरन यादव असोज १५ । काठमाडौं पुराना कम्युनिष्ट पार्टीका पुराना नेता तथा नेकपा बैद्यका केन्द्रीय सदस्य रामआश्रय नेकपामा प्रवेश गर्नुभएको छ । उहाँलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय कार्यालय धुम्बराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा रामलाई माला र खादा एवं अबिरको टीका लगाइदिनुभ एको हो । कार्यक्रममा नेकपा अध्यक्ष दाहालले आफुहरुले सबै कम्युनिष्टहरुलाई एउटै पार्टीमा समावेश गराउने अभियान चलाएको बताउनुभयो । कार्यक्रममा नेकपा नेता बामदेब गौतम, महासचिब बिष्णु पौडेल, नेताहरु प्रभु साह, निर्मला देबकोटा, अच्युत मैनाली, पार्टीका अन्य केन्द्रीय नेताहरु, जिल्ला अध्यक्ष प्रभु हजरा, संबिधान सभाका सदस्य तथा नेकपा पर्साका नेता राजकुमार गुप्ता, तेजप्रकाश निषाद, बसुरुद्दिन अन्सारी, अमिताभ बच्चन दास, बिमल पौडेल, लगायतका नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा एक दर्जनभन्दा बढी विभिन्न पार्टी परित्याग गरि नेकपामा प्रबेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...

२३ भदौमा सरकारलाई ...

काठमाडौं, ३० साउन । देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक रहेक ...

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...