डिआईजि सिंहको निर्देशनले पर्सा क्राइम टोलीले ७००० बोरा केराउ बरामद

  • असोज १४, २०७७
  • १४२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

कृष्णा यादब वीरगंज १४ असोज। वीरगन्जको सीमावर्ती इनर्वामा बाट ठूलो परिमाणमा हरियो केराउ प्रदेश प्रहरी प्रमुखको टोलीले पक्राउ गरेको छ । नेपाल मा छोह्डा, मरिच र केराउ को खपत भन्दा हजारौं गुणा बढी आयात भयेको कारण नै तस्करी भईरहेकोले समय मा सरोकारवाला को ध्यान जान जरुरी छ। महानगरपालिका १६ इनर्वास्थित सीमा नजिकै अवैध रुपले गोदाममा भण्डारण गरी राखिएको ७०००हजार बोरा हरियो केराउ पक्राउ गरेको छ उक्त केराउ प्रीज्म एग्रो कमोडिटिज ट्रेडिङ प्रा लि को रहेको र सो फर्म अधिकारी रुपमा परवानिपुर मा गोदाम रहेको प्रहरीले जनाएको छ । भारततर्फ तस्करी गर्ने उद्देश्यले सीमा नजिकै अवैध रुपले भण्डारण गरिएको ७०००हजार किलो हरियो केराउ नियन्त्रणमा लिई गोदाम सिल गरिएको छ। प्रहरीले एउटा् ट्रयाक्टर पनि नियन्त्रणमा लिएको जनाएको छ। उक्त ट्याक्टरमा ४० क्विन्टल केराउ लोड गरिएको छ । खरिदकर्ता र बिक्रेता दुबैमा प्रिज्मले आफ्नै नाम उल्लेख गरेकोले संका बढेको डिआईजी सिंहले बताएका छन। उक्त केराउ राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाउने तयारी भई रहेको डिआईजी धिरजप्रताप सिंहले बताएका छन।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...