राजाले समेत प्रवेश गर्ने हिम्मत नगरेको बुढानिलकण्ठ मन्दिर

  • पुस १७, २०२६
  • १७९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

बुढानीलकण्ठ नेपालको प्रसिद्ध तीर्थस्थल हो। यो काठमाडौं उपत्यकाको उत्तर तर्फ शिवपुरी डाँडाँको काखमा रहेको छ । यस मन्दिरमा हरिबोधनी अर्थात ठूलो एकादशीको दिन ठूलो मेला लाग्ने गरेको छ । असार महिनामा पर्ने हरिशयनी एकादशीमा सुतेका भगवान विष्णु भगवान निद्राबाट ब्युँझने र संसार नियाल्ने धार्मिक विस्वासकै कारण यसदिन त्यस ठाँउमा मेला लाग्ने गरेको हो ।

बुढानिलकण्ठ मन्दिरमा कुनै राजाले प्रवेश गर्ने हिम्मत गरेनन्
बुढानिलकण्ठ मन्दिरमा अहिलेसम्म कुनै राजाले प्रवेश गर्ने हिम्मत गरेका छैन्न । यसको भने पौराणिक कथा नै रहेको छ ।

द्धावापर युगमा सूर्यकेतु नामको राज शिवपुरी नगरिमा राज्य गर्दथ्ये । उनि प्रत्येक दिन भगवानको दर्शन गर्न जाने गर्दथ्ये । उनि बिस्तारै बिस्तरै वृद्ध भए कमजोर भए तयसपछि उनले एकदिन भगवानसँग प्रथना गरे प्रभु म अब यहाँ प्रत्येक दिन आउन सक्ने अवस्था छैन म अब आफ्नै नगरिमा प्राण त्याग गर्नेछु भन्दै भगवानको सेवागरेपछि भगवान प्रसन्न भएर उनलाई तिमी जाउ म भोली तिम्रै नगरीमा दर्शन दिनेछु भने राजा आफ्नै शहर फर्किएपछि बिष्णुले विश्वकर्मालार्इ बोलाएर यस मुर्तीको निमार्णको लागि भनेपछि मूर्ती निर्माण भयो ।

राजा भोलीपल्ट दर्शन गर्न भनि जादाँ राजालाई चित्त बुझेन र विवाद भयो तयसपछि भगवानले त्यसोभए जाँउ तिम्रो कोहि सन्ताले पनि यहाँ दर्शन गर्ने छैन भनि श्राप दिनुभयो त्यसै कारण पनि बुढानिलकण्ठ मन्दिरमा अहिलेसम्म कुनै राजाले प्रवेश गर्ने हिम्मत गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...