कपिलवस्तुमा साढे सात किलो अफिम सहित महिला पक्राउ

  • असोज १४, २०७७
  • १३६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रिन्स मिश्रा, कपिलवस्तु , कृष्णनगर १४ असोज मुलुकभर फैलिएको कोरोना संक्रमणका कारण अस्तब्यस्त बनेको समयको दुरुपयोग गरी लागू औषध कारोवारमा संलग्न रहेकी एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती १० बजेको समयमा बिषेश सुराकीको आधारमा चेक जांचमा खटिएको प्रहरी टोलीले कृष्णनगर नगरपालिका वडा नं २ स्तिथ बुद्धा आयल ट्रेडर्स नजिकै लागू औषध ( अफिम ) बरामद गरेको छ l कृष्णनगर तर्फ हाकी लिई आउदै गरेको लु १ ह १५७ नं को टेम्पो रोकी चेक जाँच गर्ने क्रमामा सोही टेम्पोमा सवार रहेकी जिल्ला रोल्पा कुलेरी गाउँपालिका वडा नं १ कुलेरीकी वर्ष ४९ की सीता रोकालाई चेक जांच गर्दा प्लास्टिकमा बेरेर लुकाई छिपाई राखेको ७ किलो ५०० ग्राम ( साढे सात किलो) लागू औषध ( अफिम ) बरामद गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले पत्रकार सम्मेलन गरि जानकारी दिनु भएको छ । लागू औषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा चलाइने इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनु भएको छ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...