नदीको कटानबाट सय बढी घरपरिवार विस्तापित हुने अवस्थामा

  • असोज १२, २०७७
  • १७६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सुरेश कुमार पांडेय ,कपिलवस्तु, असोज १२ कपिलवस्तुको बाणगंगा नदीमा आएको बाढीले महाराजगंज नगरपालिकाका नागरिक पीडित बनेका छन । नदीले जमीन कटान गरेर बग्ने धार परिवर्तन गरेपछि महाराजगंज नगरपालिका वडा नं २, ३, ८, १० र ११ का स्थानिय विस्थापित हुने अवस्थामा पुगेका हुन । सबैभन्दा बढी महाराजगंज नगरपालिका वडा नं १० हरदौना गाँउका १ सय बढी घर विस्तापित हुने अवस्थामा बाणगंगा नदिले बलरमवापुर, बरगदी पडरिया, सिगंरहा, कजरहवा, हरदौनाका स्थानियलाई पिडित बनाएको छ । अविरल बर्षाका कारण आएको बाढीले त्यस क्षेत्रमा कैयो बिगाहा बढी जमीन कटान गरी नदीको धार गाउँतिर सोझिएपछि सम्पूर्ण बस्ती डुबानको जोखिममा परेको पीडितहरू बताउँछन । “बाणगंगा नदीको कटान रोक्नका लागि छुट्टै परियोजना तयार गरेर तटबन्धको साथै नदीले कटान गरेको जमीनको विकासका लागि केन्द्र तथा प्रदेश सरकारबाट विशेष पहल गर्नु पर्ने महाराजगंजवासीले माग गरेका छन । हरदौना की ५० बर्षिय कुशुम तारा रैदासको नदी किनारमा रहेको धान खेत समेत बगाएको छ । “दुई दिनको पानीले मेरो परिवार पाल्ने धान खेतलाई बाणगंगा नदी बगायो अब के खाने कसरी बाच्ने ” दुखेसो पोख्नु भएको छ । महाराजगंज नगरपालिका वडा नं १० हरदौनामा रोपेको धान हेर्दा हेर्दै बाणगंगा नदीमा बग्न थाले पछि पुरै स्वाहा बनाएको छ । करिब २० बर्ष पहिले बाणगंगा नदीमा आएको बाढी हरदौना बगाएको थियो । गाँउ बगाउदा दुई सय घर परिवार विस्तापित भएका थिए ।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...