नवलपरासीमा ९ वटा मोटरसाइकल सहित ६ लाख ९० हजार बराबरको मालसमान नियन्त्रण

  • असोज १२, २०७७
  • १५९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

संजय कुशवाहा / नवलपरासी पश्चिम नवलपरासीको बिभिन्न ठाउँबाट ९ वटा मोटरसाइकल सहित ६ लाख ९० हजार मुल्य बराबरको हरियो मटर (केराउ) नियन्त्रण गरिएको छ । सोमबार सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले सरावल गाउँपालिका वडा नं. ६ धनगढवाबाट ९ वटा मोटर साईकल यु पी ५६ ए ३३९२ , यु पी ५३ ए जे ५८७०, यु पी ५७ सी ०८३०, यु पी ५६ वाई १९८८ ,यु पी ५६ के ९३२७ , यु पी ५६ सी १००९ , यु पी ५६ य्स ३३८३ बा १६ प २०९४ र लु ४९ प ३०८१ नम्बरको मोटरसाइकल सहित ९ क्विन्टल (९ सय किलो ) अवैध हरियो मटर (केराउ) नियन्त्रण गरिएको छ । उक्त मटर सोही मोटरसाइकलमा राखी लैजादै गर्दा प्रहरी टोलीलाई देखि मटर र मोटरसाइकल छाडी मानिस भागेका थिए । बरामद मटरको मुल्य ७२ हजार बराबर र मोटरसाइकलको अन्दाजी ५ लाख मुल्य गरी जम्मा ५ लाख ७२ हजार बराबर मुल्य रहेको छ । यसैगरी दिउँसो नेपालबाट अवैध रुपमा भारत तर्फ लैजादै गरेको अन्दाजी ६८ हजार मुल्य बराबरको ८ सय ५० के.जी. हरियो मटर प्रहरी चौकी बसहियाबाट खटिएको प्रहरी टोलीले प्रतापपुर गाउँपालिका वडा नं.५ धर्मौलीबाट बरामद गरेको छ । उक्त हरियो मटर मोटरसाईकलमा राखी लैजादै गर्दा प्रहरी टोलीलाई देखि बोरा फाली मोटरसाईकल सहित मानिस भागेका थिए । नियन्त्रण गरिएको १७ क्विन्टल ५० किलो (१७ सय ५० किलो ) हरियो मटर , ९ वटा मोटरसाईकल समेतलाई आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...